Headline

बागमतीबिरुद्ध डिफेन्डिङ्ग च्याम्पियन पुलिस १ सय ११ मै अल आउट

Published

on

डिफेन्डिङ्ग च्याम्पियन नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा निकै कमजोर ब्याटिङ्ग प्रदर्शन गरेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेशले पुलिसलाई २९ दशमलव तीन ओभरमा १ सय ११ रनमै सिमित गर्यो । प्रधानमन्त्री कपमा पुलिसको यो हालसम्मकै सर्वाधिक कम टिम योगफल हो । पुलिसलाई सस्तै समेट्ने क्रममा तिब्र गतिका बलर नन्दन यादव र लेग स्पिनर तिलक भण्डारीले ४–४ विकेट लिएका थिए ।

कुशल भुर्तेल र सुनिल धमलाले पुलिसका लागि पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए तर रामनरेश गिरीले पहिलो दुई विकेट लिनुका साथै नन्दनले कुशललाई पेभिलियन फर्काएपछि उसले अर्को ३४ रनमा तीन ब्याट्स्म्यानलाई गुमाएको थियो ।

चौथो विकेटका लागि दिपेन्द्र सिँह ऐरि र आरिफ शेखले गरेको ३४ रनको साझेदारी पुलिसको लागि सबैभन्दा ठूलो रहन पुग्यो । तिलकले आरिफलाई एलबिडब्लु धरापमा पारेसँगै पुलिसको पतन शुरु भएको थियो ।

पुलिसले अन्तिम सात विकेट ११ रनमै गुमाएको थियो । आरिफ र दिपेन्द्रले समान २१ रन जोडेका थिए । कुशल र धमलाले पनि समान १७ रन बनाए । अन्य ब्याट्स्म्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

तिलकले ७ दशमलव ३ ओभरमा १७ रन खर्चिए भने नन्दनले ९ ओभरमा ३१ रन खर्र्चिए ।

Click to comment

Trending