Headline

लिभरपुल भर्सेस म्यानचेस्टर युनाइटेडमा हेर्नै पर्ने तीन प्रमुख भिडन्त

Published

on

इङ्गलिस प्रिमियर लिग सिजनकै महत्वपूर्ण मध्ये एक मानिएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दा शिर्ष स्थानको भिडन्त बाहेक अरु धेरै कुरा हुनेछन् । युनाइटेड चीर प्रतिद्वन्दी लिभरपुल भन्दा तीन अंकले अगाडी रहेको छ ।

लिभरपुल अहिले तेश्रो स्थानमा रहेको छ भने दुई टिमको तुलनामा एक खेल बढी खेलेको लेस्टर सिटी ३५ अंक सहित युनाइेटडभन्दा मात्रै एक अंकले दोश्रो स्थानमा छ ।

आइतबार युनाइटेड एन्फिल्ड भ्रमणमा निस्कदा कस्ता हुनेछन् त प्रमुख भिडन्तहरु ?

जोर्डन हेन्डरसन भर्सेस ब्रुनो फर्नान्डेस

युनाइटेडलाई प्रतिस्पर्धा गर्ने टोलीबाट उपाधिको प्रबल दाबेदारको रुपमा परिणत गर्ने मुख्य भुमिका ब्रुनो फर्नान्डेसले नै खेलेका छन् । गत सिजनको आगमनपछि कमजोर अवस्थामा रहेको युनाइटेडमा जितका लागि उर्जा र सकारात्मक एटिच्युड भर्दै उत्थान गरेको क्रेडिट पाएका फर्नान्डेसको अबको लक्ष्य ओले गुनर सोल्सायरसँग आफ्नो करिअरको सबैभन्दा महत्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्नु रहनेछ ।

गत जनवरीमा स्पोर्टिङ्ग लिस्बनबाट युनाइटेड आएका पोर्चुगिज फर्नान्डेस एन्फिल्ड जादा एकै क्यालेण्डर बर्षमा चार पटक प्लेयर अफ द मन्थ पाउने एक मात्र स्टार हुनेछन् । उनी डिसेम्बरको पनि प्लेयर अफ द मन्थ रहेका थिए ।

यो सिजन सबै प्रतियोगिता गरेर १५ गोल र ९ असिस्ट गरिसकेका फर्नान्डेसले मात्रै दुई सिजन युनाइटेडमा बस्दा ४८ खेलबाट २७ गोल र १७ असिस्ट गरिसकेका छन् । लिभरपुल व्यवस्थापक योर्गन क्लोप फर्नान्डेसको तारिफ गर्न पछि पर्दैनन् र उनलाई रोक्न आफ्ना कप्तान जोडर्न हेन्डरसनलाई नै नियुक्त गर्नेछन् ।

उनी (फर्नान्डेस) उत्कृष्ट खेलाडी हुन् । फर्नान्डेस युनाइटेड जानु अघि हामीले उनीबिरुद्ध अमेरिकाको टुरमा स्पोर्टिङ्गका लागि खेल्दा नै प्रभाव जमाइसकेका थिए । उनी अब युनाइटेडमा सेटल भइसकेका छन् र टिमको प्रमुख खेलाडी नै भइसकेका छन्, क्लोपले भने ।

मोहम्मद सलाह भर्सेस एरिक बेली

यो सिजन १७ गोल गरिसकेका मोहम्मद सलाह युनाइटेडको लागि सबैभन्दा ठूलो खतरा बन्न सक्छन् तर इजिप्यिसन फर्वार्डको चुनौतिलाई एरिक बेलीले मत्थर पार्ने जिम्मेवारी लिएर हिड्नेछन् । युनाइटेड करिअर भर फर्म र फिटनेससँग संघर्ष गर्दै आएका आइभोरि कोस्ट डिफेन्डर बेली अहिले भने क्लबको बिजयी यात्रामा उल्लेखनीय प्रदर्शन दिन सफल भएका छन् ।

बेली टिममा भएको ६ खेलमा युनाइटेडले तीन गोल मात्र खादै पाँचमा जित र एकमा बराबरी गरेको छ । ह्यारी मग्वायर पनि बेलीसँगको साझेदारीमा बढी सहज देखिन्छन् । सोल्सायरले अघिल्ला खेलहरुमा लिभरपुलबिरुद्धको खेलमा अपनाएको तीन सेन्ट्रल डिफेन्डरको रणनीति अपनाउन सक्छन् ।

सलाह, सादियो माने र रोबर्टो फर्मिनो पछिल्लो केही समय गोलबिहिन रहे पनि लिभरपुलको अग्रपक्तिको मुटु हुनेछन् । लिभरपुलले आफ्नो अन्तिम तीन खेलमा मात्र एक गोल गरेको छ ।

फाबिन्हो भर्सेस मार्कस रासफोर्ड

आफ्नो प्रमुख सेन्टर ब्याकहरु चोटग्रस्ता हुँदा क्लोप फाबिन्होलाई अस्थायी रुपमा डिफेन्डरको रुपमा प्रयोग गर्न बाध्य हुनेछन् । भर्जिल भान डाइक र जो गोमेज लामो समयका लागि बाहिरिसकेका छन् भने जोल म्याटिप पनि चोटकै कारण तीन खेलमा अुनपस्थित रहे ।

म्याटिप प्रशिक्षणमा त फर्किएका छन् तर उनी खेलका लागि तैयार नहुने हो भने क्लोपले युवा खेलाडीहरु रिज विलियम्स अथवा न्याट फिलिप्सलाई फाबिन्होसँग साझेदारी गराउन सक्नेछन् ।

यो परिस्थितिमा फाबिन्होलाई आफ्नो स्थानलाई सशक्त बनाउन अझै दवाब हुनेछ तर मार्कस रासफोर्डको नेतृत्वमा रहने युनाइटेडको अग्रपंक्तिलाई रोक्न त्यति सहज हुने छैन ।

लिभरपुललाई चोट पुर्याउन आवश्यक गति र सटिकता रासफोर्ड र एन्थोनी मार्सियलसँग रहेको छ भने भेटेरान एडिन्सन काभानीको अनुभव र भौतिक उपस्थितिले युनाइटेडलाई अझै बलियो बनाउन सक्छ ।

Click to comment

Trending