Headline

ब्राइटनसँग लिड्स पराजित, चेल्सी र लेस्टर बिजयी

Published

on

प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा ब्राइटनले लिड्सलाई १-०,चेल्सीले फुलह्यामलाई १-० र लेस्टर सिटीले साउथह्याम्प्टनलाई २-० ले पराजित गरेको छ । यस्तै हिजो भएको पहिलो दुई खेलमा भने वेष्ट ब्रोमले वुल्भ्सलाई ३-२ ले हराउदा बर्नली वेष्ट ह्यामसँग १-० पराजित भयो ।

रेलिगेसन स्थानबाट बाँच्नका लागि जित खोजिरहेको ब्राइटनका लागि नेएल माउपेले १७ औँ मिनेटमा गरेको गोल निर्णायक बन्न पुग्दा टोलीले महत्वपूर्ण तीन अंक हात पारेको थियो । एलान रोडमा भएको खेलमा ब्राइटनको रक्षापङ्तीलाई टोड्न नसक्दा लिड्सले लगतार दोस्रो हार बेहोर्नु परेको छ ।

अर्को खेलमा चेल्सीले फुलह्यामलाई पराजित गर्दा मेसन माउण्टको गोल निर्णायक बन्न पुगे पछि चेल्सीले फुलह्यामलाई १-० ले पराजित गरेको छ । पहिलो हाफमा फुलह्यामको रक्षापङ्तीलाई टोड्न नसक्दा चेल्सीले धेरै गोल गर्ने मौकाहरु गुमाएको थियो । दोस्रो हाफमा फुलह्यामलाई पूर्ण दवाबमा राखेको ७८ औँ मिनेटमा चेल्सीले पहिलो गोल गरेको थियो । बिर्सनलायक तीन खेल पछि फुलह्यामसँग जित हात पारे पनि चेल्सीको प्रदर्शन भने खास रहेन ।

अर्को खेलमा भने लेस्टर सिटीले साउथह्याम्प्टनलाई २-० ले हराउदा जेम्स म्याडीसन र ह्याबी बार्न्स नायक बन्न पुगे । साउथह्याम्प्टनलाई खेल भरी नै लेस्टरले चल्न दिएन । पहिलो हाफको शुरुवाती समयमा बनाएको मुभहरुले लेस्टरलाई अग्रता दिलाउन नसके पनि ३७ औँ मिनेटमा भने जेम्स म्याडिसनले लेस्टरलाई अग्रता दिलाएका थिए ।

साउथह्याम्प्टको पोस्टमा १६ सट प्रहर गरेको लेस्टरका लागि फिनिसिङ भने राम्रो हुन सकेको थिएन । साउथह्याम्प्टनका लागी निकै तनावपूर्ण बनेको खेलमा लेस्टरका लागि दोस्रो गोल भने ह्याबी बार्न्सले ९० मिनेट पछि थपिएको पाँच मिनेटको इन्जुरी समयमा गरेका थिए ।

जितसँगै लेस्टर ३५ अंकका साथ दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको पहिलो स्थानको म्यानचेस्टर युनाइटेडको ३६ अंक रहेको छ । चेल्सी भने २९ अंक सहित सातौँ स्थानमा उक्लिएको छ । ब्राइटन भने लिड्सलाई अप्रत्यासित रुपमा पराजित गर्दै १७ अंक सहित १६ औँ स्थानमा उक्लिएको छ ।

Click to comment

Trending