Headline

पोचेटिनोको अनुपस्थितिमा पिएसजी लिग वानको शिर्ष स्थानमा

Published

on

प्रशिक्षक मउरिसियो पोचेटिनो कोरोना भाइरस संक्रमण भएपछि उपस्थित हुन नसकेको खेलमा पेरिस सेन्ट जर्माइन एंगर्सलाई १–० ले हराउदै लिग वानको शिर्ष स्थानमा उक्लिएको छ ।

लेभिन कुर्जावाले गरेको एक मात्र निर्णायक गोलले पिएसजीलाई लियोनमाथि दुई अंकको अग्रता दिलाएको थियो । सामेबार हुने खेलमा मेट्जलाई हराउने हो भने लियोन पुन शिर्ष स्थानमा उक्लन सक्नेछ ।

शुक्रबार भारस संक्रमण भएको पुष्टि भएपछि पोचेटिनो सेल्फ आइसोलेसनमा गएपछि सहायकद्वय जिजस पेरेज र मिग्वेल डिएगोस्टिनोले बेञ्चको कमान सम्हालेका थिए । पिएसजीले पोचेटिनो बाहेक अन्य तीन खेलाडी ब्राजिलियन रफिन्हा, जर्मनीका थिलो केह्रर र फ्रेञ्च अण्डर २१ खेलाडी कोलिन डाग्बालाई पनि गत हप्ता कोरोनाकै कारण गुमाइसकेको छ ।

किलियन एमबाप्पे र एन्जल डि मारियालाई अग्रपक्तिमा शुरु गराउदा बलियो देखिएको पिएसजी एंगर्सबिरुद्ध सशक्त देखिन भने सकेन । खेलमा एंगर्सले केही आकर्षक मुभहरु बनाउदै पिएसजीमाथि दवाब राख्न सफल भएको थियो ।

कुर्जावाले भलि मार्फत गोल गरेपछि पिएसजीलाई राहत मिलेको थियो । कुर्जावाले झण्डै एक बर्षमा पहिलो पटक पिएसजीका लागि गोल गरेका हुन् । पोचेटिानो दुई हप्ता अघि प्रशिक्षक नियुक्त भएयता पिएसजीले चारमध्ये तीन खेलमा जित हात पारेको छ । अर्को एक बराबरीमा टुंगिएको थियो ।

पिएसजीले गत हप्ता नै च्याम्पियन्स ट्रफिमा मार्सेलाई हराएपछि पोचेटिनो प्रशिक्षण करिअरकै पहिलो उपाधि जितेका थिए ।

Click to comment

Trending