राष्ट्रिय

बागमती प्रदेशका खेलाडीलाई पुरस्कार नै पुरस्कार

Published

on

बागमती प्रदेश क्रिकेट संघले काठमाडौँमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि पुरस्कार नै पुरस्कारको घोषणा गरेको छ । संघले प्रतियोगितामा उत्कृस्ट प्रदर्शन खेल्ने आफ्ना खेलाडीहरुलाई नगद पुरस्कारको घोषणा गरेको हो ।

बागमतीले शतक प्रहार गर्ने ब्याट्सम्यानलाई नगद १० हजार तथा पाँच विकेट हात पार्ने बलर र अर्धशतक प्रहार गर्ने ब्याट्सम्यानले नगद पाँच हजार प्राप्त गर्नेछन् । त्यस्तै तीन विकेट हात पार्ने बलरले नगद तीन हजार हात पार्ने शनिबार जनाएको हो ।

नगद पुरस्कार बाहेक बागमतीले आफ्ना खेलाडीहरुको जनही पाँच लाख बराबरको बिमा पनि गरेको छ । प्रतियोगिता अवधिमा खेलाडी घाइते हुने उच्च सम्भावना रहेकाले बिमाको व्यवस्था गर्न लागेको हो । त्यस्तै बागमती प्रदेश खेलकुद विकास परिषदले आफ्नो प्रदेशको सबै खेलाडीलाई प्रति खेल दुई हजारका दरले भत्ता प्रदान गर्नेछ ।

“हामी बागमती प्रदेशलाई टोलीको रुपमा व्यवसायिक हिसाबले अगाडी बढाउन तत्पर छौं । खेलाडीहरुको बिमा गरिनु र उनीहरुलाई राम्रो प्रदर्शनका लागि हौसला बढाउन नगद पुरस्कार घोषणा गर्नु व्यवसायिकतातर्फको एक कदम पनि हो । हामी प्रदेशका खेलाडीहरुलाई व्यवसायिक रुपमा खेलाउन अझै अन्य कामहरु पनि गर्नेछौं,” बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले क्रिकेटिङ्गनेपाललाई भने ।

बागमती प्रदेशले प्रधानमन्त्री कपको आफ्नो पहिलो खेलमा भोली साबिक विजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ । नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमतीबाट पुर्व कप्तान पारस खड्काले पनि खेल्ने छन् ।

Click to comment

Trending