Headline

पारसको ब्याट प्रायोजकमा चर्चित एडिडास

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्कालाई चर्चित खेलकुद सामग्री निर्माता एडिडासले क्रिकेट सामग्री प्रायोजन गर्ने भएको छ । पारसले एडिडासको भारतको आधिकारिक बिक्रेता ईएन स्पोर्ट्ससँग एक बर्षे सम्झौता गरेका हुन् ।

गत बर्ष आबु धाबीमा आयोजना भएको आबु धाबी टि-१० लिगका क्रममा नै प्रायोजन गर्ने विषयमा छलफल सुरु भएको भए पनि कोरोनाका कारणले गर्दा सम्झौता हुन ढिला भएको पारसले विस्पोर्टज्लाई बताए । ईएन स्पोर्ट्स टिम आबु धाबीको क्लोदिङ्ग पार्टनर हो ।

सम्झौता अनुसार पारसले एक बर्ष सम्म एडिडासको क्रिकेट किट्सहरु प्रयोग गर्ने छन् भने उनलाई आवस्यक पर्ने सबै सामग्री ईएन स्पोर्ट्सले प्रदान गर्नेछ ।

करिब सात बर्ष एसएमको ब्याट प्रयोग गरेका पारसले पछिल्लो समय ट्वीस्टरको ब्याट प्रयोग गर्ने गरेका थिए ।

पारस जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशका लागि दुई खेल खेले पछि सन् २०२१ संस्करणको आबु धाबी टि-१० लिगका लागि त्यस तर्फ उड्ने छन् । गत बर्ष टिम आबु धाबीको तर्फबाट खेलेका पारस यस सिजन भने मेन्टरको भूमिकामा रहेका छन् ।

यस सिजन पारस बाहेक तिब्र गतिका बलरहरु सोमपाल कामी र करण केसी तथा युवा अलराउण्डर कुशल मल्ल पनि आबु धाबी टि-१० लिगमा आबद्ध भएका छन् ।

यस सिजनको प्रतियोगिता जनावरी २८ तारिखबाट सुरु हुँदैछ ।

Click to comment

Trending