Headline

अष्ट्रेलियाबिरुद्ध भारत ३ सय ७ रनले पछाडी

Published

on

अष्ट्रेलियाबिरुद्धको तेश्रो तथा अन्तिम टेस्टको दोश्रो दिन भारत ३ सय ७ रनले पछाडी परेको छ । बर्षाले प्रभावित दोश्रो दिनमा घरेलु टोलीले पाँच विकेटको क्षतिमा २ सय ७४ रनबाट अघि खेल्दै ३ सय ६९ रनमा अल आउट भयो ।

पहिलो दिन मार्नस लबुसानले शतक बनाउदै बलियो स्थितिमा पुगेको अष्ट्रेलियाले दोश्रो दिन भने धेरै रन जोड्न सकेन । कप्तान टिम पेनले क्यामरुन ग्रिनसँग ९८ रनको साझेदारी गरेपछि अष्ट्रेलिया ३ सय ५० रन कटाउन सफल भएको थियो ।

पेनले ५० रन बनाए भने ग्रिनले ४७ रन जोडेका थिए । भारतका लागि टि नटराजन, शार्दुल ठाकुर र वाशिँगटन सुन्दरले ३–३ विकेट लिएका थिए ।

शनिबार नै दोश्रो इनिङ्ग शुरु गरेको भारतले दुई विकेटको क्षतिमा ६२ रन बनाउदा बर्षाका कारण खेल रोकिन पुग्यो । लगातार बर्षा भएपछि खेल दोश्रो दिनको अधिकांश समय खेल हुन पाएन ।

भारतका लागि ओपनर रोहित शर्माले ४४ रन बनाए । अष्ट्रेलियाका लागि नथान लायोन र प्याट कमिन्सले १–१ विकेट लिएका थिए ।

Click to comment

Trending