Headline

एपिएफले प्रदेश १ लाई दियो चुनौतिपूर्ण लक्ष्य

Published

on

नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा प्रदेश १ लाई २ सय ४४ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

ओपनर आसिफ शेखले आक्रमक अद्र्धशतक प्रहार गर्दै छरितो शुरुवात दिलाएपनि एपिएफले त्यसलाई ठूलो योगफलमा बदल्न सकेन । उसले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै २ सय ४३ रन बनाएको थियो ।

२९ बलमै अद्र्धशतक पुरा गरेका आसिफले पहिलो विकेटका लागि सुभाष खकुरेल (१९) सँग ९ ओभरभित्रै ७१ रन जोडेका थिए । आसिफले ३२ बलमा ५९ रन बनाए । सोनु मण्डललाई एकै ओभरमा २१ रन प्रहार गरेका उनले पाँच छक्का र ६ चौका प्रहार गर्दै ३२ बलमा ५९ रन जोडेका थिए ।

आसिफको विकेट पतनपछि भने प्रदेश १ ले एपिएफलाई खुलेर खेल्न दिएन । १ सय २६ रनमै पाँच विकेट गुमाएको एपिएफलाई बसन्त रेग्मीले सन्दिप जोरासँग ६६ रनको साझेदारी गर्दै खेललाई केही गति दिएका थिए ।

बसन्तले ५२ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४० रन बनाए । जोराले ३९ बलमा चार चौकाको मद्दतमा ३० रन जोडेका थिए । प्रदेश १ का लागि फिर्दोस अन्सारी, दिपेश कँडेल, हेमन्त राइ र श्रवण यादवले दुई–दुई विकेट लिएका थिए ।

Click to comment

Trending