Headline

प्रिमियर लिग आज: स्थगित डर्बीमा चेल्सी विरुद्ध फुलह्याम खेल्दै र लेस्टर विरुद्ध साउथह्याम्प्टनको खेल हुँदै

Published

on

प्रिमियर लिगको १९ औँ चरणको खेल शनिबारबाट सुरु हुँदै छ । यो चरण धेरै क्लबहरुका लागि ‘डबल गेमविक’ पनि रहेको छ । रोकिएका र एक टोलीले एकै चरण दुई खेल खेल्नु पर्ने भएकाले यसलाई ‘डबल गेमविक’ भनिएको हो ।

चेल्सीले अघिल्लो साता हुनु पर्ने तर कोरोना भाईरसका कारण स्थगित लण्डनको सबै भन्दा पुरानो डर्बीमा फुलह्यामको सामना गर्दै छ । प्रदर्शनको आधारमा पछिल्लो तीन खेलमा एक अंक मात्र हात परेको चेल्सीलाई उपाधी दवेदारीमा रहने हो भने हरेक खेल जित्न आवश्यक रहेको छ ।

फुलह्यामलाई पनि रेलिगेसनबाट बच्ने हो भने चेल्सी विरुद्धको लण्डन डर्बीमा आफ्नो सक्दो प्रदर्शन दिन पर्ने छ । यही सिजन मात्रै प्रिमियर लिगमा बढुवा हुँदै आएको फुलह्यामलाई अबका खेलहरुमा अंकको खाँचो रहेको छ । यो खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुने छ । चेल्सी डबल गेमविक भएको टोली मध्यको एक हो ।

यस्तै मध्य राती हुने खेलमा भने लेस्टर सिटीले साउथह्याम्प्टन विरुद्ध खेल्ने छ । यो खेलमा जित हात पार्न सके लेस्टर दोस्रो स्थानमा उक्लिदै उपाधि होडलाई थापा रोमान्चक पार्ने छ । साउथह्याम्प्टनलाई पनि तेस्रो स्थानमा उक्लिने हो भने यो खेलमा जित हात पार्नु बाहेक अन्य बिकल्प केही हुने छैन । यो खेल नेपाली समय अनुसार १:४५ सुरु हुने छ ।

आज हुने पहिलो खेलमा भने वुल्भ्सले वेष्ट ब्रोमको सामना गर्दै छ । १४ औँ स्थानमा रहेको वुल्भ्सले १९ औँ स्थानमा रहदै रेलिगेसन जोनमा रहेको वेष्ट ब्रोमसँग खेल्दा उसलाई खेलमा जित हात पारे शिर्ष दसमा पार्ने मौका हुने छ । यस्तै ८ अंक रहेको वेष्ट ब्रोमलाई पनि खेलमा जित हात पारे १८ औँ स्थानमा रहेको फुलह्यामको १२ अंकसँग नजिकिने छ ।

यो खेल नेपाली समय अनुसार ६:१५ मा सुरु हुने छ ।

यस्तै नेपाली समय अनुसार ८:४५ मा हुने दुई खेलमा वेष्ट ह्यामले बर्नली र लिड्स युनाइटेडले ब्राइटनसँग आफ्नो-आफ्नो खेल खेल्दै छ । वेष्ट ह्यामले बर्नली विरुद्ध खेल्दा उस्लाई छैठौँ स्थानमा पुग्ने मौका हुने छ । यस्तै सिजनको सुरुवातमा एक खेलमा मात्रै जित हात पारेको बर्नली भने अहिले रेलिगेसन जोन भन्दा बहिर रहदै १६ अंक सहित १६ औँ स्थानमा रहेको छ । अर्को खेलमा लिड्स युनाइटेडले रेलिगेसन जोन नजिक रहेको ब्राइटनसँग खेल्ने छ ।

ब्राइटनले लिड्सलाई हराउन सके १५ औँ स्थानमा रहदै रेलिगेसन जोन भन्दा हदै बहिरिने छ भने लिड्सले जित हात पारेको खण्डमा आठौँ स्थानमा उक्लिने मौका हुने छ । लिड्स सिजनको सुरुवातमा अब्बल देखिए पनि मध्य सिजनमा भने खस्किएको प्रदर्शन गर्दै आएको छ ।

Click to comment

Trending