Headline

बिनोद भण्डारीको शतक भिडियो हाइलाइट्समा

Published

on

त्रिभुवन आर्मी क्लबका कप्तान बिनोद भण्डारीले चौथों संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नै शतक प्रहार गरे ।

भण्डारीको शतकको मद्धतमा आर्मीले पहिले ब्याटिङ गर्दै पुरै ५० ओभर खेलेर छ विकेटको नोक्सानीमा २८७ रन बनायो भने जवाफी ब्याटिङ गरेको गण्डकी प्रदेशले ४८ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १८९ रन बनाउन सक्दा ९८ रनले पराजित हुन पुग्यो ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका कप्तान भण्डारीले ७६ बलको सामना गर्दै नौं चौका र पाँच छक्काको मद्धतमा अविजित १११ रनको पारी खेले । भण्डारीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो शतक पनि हो ।

हेर्नुहोस् भण्डारीको आक्रमक शतकको भिडियो हाइलाइट्स

Click to comment

Trending