Headline

रत्नजित, प्रिन्स, प्रफुल, दिपेश सेमिफाइलनमा

Published

on

राष्ट्रिय च्याम्पियन त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग, उदीयमान खेलाडी सिल्क ग्रुपका प्रिन्स दाहाल, आर्मीका प्रफुल महर्जन र एपिएफका दिपेश धामीले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग प्रतियोगिताको पुरुष उच्च १६ को अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

शुक्रबार गोलबजार कभर्डहलमा भएको क्वाटरफाईनल खेलमा रत्नले भोजपुरका बिकास श्रेष्ठलाई २१–१८, २१–१८ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाए । अव रत्नले फाईनल प्रवेशका लागि सिल्क ग्रुपका प्रिन्स संग प्रतिस्पर्धा गर्नेछन् ।

प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१–११, २१–१७ ले पन्छाउँदै सेमिमा स्थान बनाएका हुन् । यस्तै आर्मीका प्रफुलले एपिएफका गौतम कठायतलाई ९–२१, २१–१६, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा एपिएफका दिपेश धामी संगको भेट पक्का गरेका हुन् । दिपेशले आर्मीका रुकेश महर्जनलाई २१–१३, २१–९ ले पराजित गरे ।

महिला उच्च १२ तर्फ भोजपुरकी नङ्गशलदेवी तामाङ्ग एपिएफकी शोभा गौचनलाई २१–६, २१–१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन् । उनले अव सेमिफाईनलमा जेशिका गुरुङ्गको सामना गर्नेछिन् । एपिएफकी जेशिकाले आफ्नै क्लबकी सुनयना मुखियालाई २१–९, २१–१७ ले पन्छाईन् ।

यस्तै आर्मीकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशीलाई २१–१७, २१–७ ले पराजित गर्दै आर्मीकै अमिता गिरी संगको भेट पक्का गरिन् । गिरीले आर्मीकै अनुमाया राईलाई २१–१६, २१–९ ले पराजित गरिन् ।

Click to comment

Trending