Headline

आर्मीबिरुद्धको हारमा गण्डकीको सम्मानजक प्रदर्शन

Published

on

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा बिजयी शुरुवात गरेको छ । त्रिवि मैदानमा शुक्रबार भएको खेलमा उपाधिको प्रबल दाबेदार आर्मीले गण्डकी प्रदेशलाई ९७ रनले पराजित गर्यो ।

टस जिति पहिलो ब्याटिङ्ग गरेको आर्मीका लागि कप्तान बिनोद भण्डारीले घरेलु क्रिकेटमा पहिलो शतक प्रहार गरेपछि ५० ओभरमा ६ विकेट गुमाउदै २ सय ८८ रन बनायो । जवाफमा गण्डकी ५० ओभरमा १ सय ८९ रनमै समेटियो ।

ओपनर तथा भेटेरान दिपेश खत्रीलाई सस्तोमै गुमाएपनि युवा खेलाडीहरुले भरिपूर्ण गण्डकी टोलीले आर्मीको सशक्त बलिङ्ग आक्रमणबिरुद्ध सम्मानजनक प्रदर्शन गरेको थियो । तिब्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीसँगै युवा अलराउण्ड कुशल मल्ल अनुपस्थित रहेपनि आर्मीको टोली राम्रो देखिएको छ ।

१५ बर्षिय युवा ब्याट्स्म्यान अर्जुन कुमालले लोभलाग्दो ब्याटिङ्ग गर्दै दोश्रो विकेटका लागि समिर कँडेलसँग ५२ रनको साझेदारी गरेका थिए । अर्जुनले ५४ बलमा ५ चौकाको मद्दतमा ३६ रन बनाए । समिरले त्यसपछि दिपक डुम्रे (२६) सँग तेश्रो विकेटका लागि ७० रन जोडेपछि गण्डकीले प्रभावशाली खेल प्रदर्शन गरेको थियो । समिरले ९० बलमा ५० रन बनाए भने चार चौका समेत हिर्काएका थिए ।

गण्डकीका लागि कप्तान बिपिन खत्रीले आक्रमक ब्याटिङ्ग गर्दै २५ बलमा चार छक्का र दुई चौका सहित ३७ रन बनाएपछि उ २ सय रन नजिक पुगेको थियो । मुख्य बलरहरुले विकेट लिन नसक्दा राजेश पुलामी मगरले ९ ओभरमा मात्र २५ रन खर्चदै पाँच विकेट लिएका थिए ।

भिम सार्कीले सात ओभरमा २६ रन दिदै तीन विकेट लिए ।

यसअघि घरेलु क्रिकेटमा पहिलो शतक प्रहार गरेपछि आर्मीले बिशाल योगफल बनाएको थियो । ब्याटिङ्ग पिचमा टस जिति पहिलो ब्याटिङ्ग गरेको आर्मीका लागि भण्डारीले उत्कृष्ट इनिङ्गस खेल्दै घरेलु क्रिकेटको जुनसुकै संरचनामा यो पहिलो शतक हो ।

ओपनर राजु रिजाल र हरेकृष्णा झाले पहिलो विकेटका लागि उल्लेखनीय साझेदारी गर्दै बलियो शुरुवात दिलाएपछि भण्डारीले त्यसलाई ठूलो स्कोरमा परिणत गरेका थिए । भण्डारीले छैटौ विकेटका लागि लोकेश बमसँग १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए ।

भण्डारीले ७६ बलमा ९ चौका र पाँच छक्काको मद्दतमा १ सय ११ रन बनाए । निकै आकर्षक ब्याटिङ्ग गरेका लोकेशले पनि आर्मीको लागि आफ्नो पहिलो खेलमा ३० बलमा तीन चौका र दुई छक्काको मद्दतमा ४२ रन बनाए ।

भण्डारीले राजेश पुलामी मगरसँग पाचौं विकेटका लागि ७३ रन पनि जोडेका थिए । राजेशले ५२ बलमा चार छक्का प्रहार गरे । आर्मीलाई राम्रो शुरुवात दिलाउने क्रममा राजुले हरेकृष्ण (१४) सँग ६३ रनको साझेदारी गरेका थिए ।

राजेशले ७१ बलमा चार चौका र एक छक्काको मद्दतमा ४५ रन बनाए । गण्डकीका लागि बिपिन खत्री र बिशाल पौडेलले २–२ विकेट लिएका थिए । आर्मीका लागि रोहित कुमार पौडेल (१०) र भिम (१५) ले पनि दोहोरो अंकमा रन जाडेका थिए ।

Click to comment

Trending