Headline

महिला लिग फुटबलमा हालसम्मकै सर्वाधिक पुरस्कार

Published

on

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ।

प्रतियोगितामा तीन विभागीय टोली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै चौदण्डीगढी नगरपालिका, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाको सहभागिता रहनेछ।

विजेताले १५ लाख प्राप्त गर्नेछ। यस्तै दोस्रो, तेस्रो र चौथो हुने टिमले क्रमश आठ लाख, पाँच लाख र तीन लाख प्राप्त गर्नेछन।

लिगको उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ भने बेस्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, फर्वाड र प्रशिक्षकलाई ५०-५० हजार प्रदान गरिनेछ। फेयर प्ले टिमले पनि एक लाख पचास हजार प्राप्त गर्नेछन ।

यो नगद पुरस्कार महिला फुटबलको अहिलेसम्म कै सर्वाधिक रकमको नगद पुरस्कार पनि हो। सातै टिमलाई तयारी खर्च एक एक लाख र कोभिड कोष ५० हजार एन्फाले उपलब्ध गराउनेछ।

प्रत्येक टिममा २३ खेलाडी र सात अफिसियल गरी ३० जना रहनुपर्नेछ भने एक टिमले चार विदेशी खेलाडी राख्न पाउने नियम बनाइएको छ। उदघाटन र फाइनल खेल दशरथ रङ्गशालामा हुनेछ भने बाकी खेल सातदोबाटोमा हुनेछ।

Click to comment

Trending