Headline

बिनोद भण्डारीको घरेलु क्रिकेटमा पहिलो शतक

Published

on

कप्तान बिनोद भण्डारीले घरेलु क्रिकेटको पहिलो शतक प्रहार गरेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशलाई २ सय ८८ रनको बिशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानको ब्याटिङ्ग पिचमा टस जिति पहिलो ब्याटिङ्ग गरेको आर्मीलाई भण्डारीले उत्कृष्ट इनिङ्गस खेल्दै ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८७ रन बनायो । भण्डारी घरेलु क्रिकेटको जुनसुकै संरचनामा यो पहिलो शतक हो ।

ओपनर राजु रिजाल र हरेकृष्णा झाले पहिलो विकेटका लागि उल्लेखनीय साझेदारी गर्दै बलियो शुरुवात दिलाएपछि भण्डारीले त्यसलाई ठूलो स्कोरमा परिणत गरेका थिए । भण्डारीले छैटौ विकेटका लागि लोकेश बमसँग १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए ।

भण्डारीले ७६ बलमा ९ चौका र पाँच छक्काको मद्दतमा १ सय ११ रन बनाए । निकै आकर्षक ब्याटिङ्ग गरेका लोकेशले पनि आर्मीको लागि आफ्नो पहिलो खेलमा ३० बलमा तीन चौका र दुई छक्काको मद्दतमा ४२ रन बनाए ।

भण्डारीले राजेश पुलामी मगरसँग पाचौं विकेटका लागि ७३ रन पनि जोडेका थिए । राजेशले ५२ बलमा चार छक्का प्रहार गरे । आर्मीलाई राम्रो शुरुवात दिलाउने क्रममा राजुले हरेकृष्ण (१४) सँग ६३ रनको साझेदारी गरेका थिए ।

राजेशले ७१ बलमा चार चौका र एक छक्काको मद्दतमा ४५ रन बनाए । गण्डकीका लागि बिपिन खत्री र बिशाल पौडेलले २–२ विकेट लिएका थिए । आर्मीका लागि रोहित कुमार पौडेल (१०) र भिम (१५) ले पनि दोहोरो अंकमा रन जाडेका थिए ।

Click to comment

Trending