Headline

आर्सनल र प्यालेस बराबरीमा

Published

on

प्रिमियर लिगको १८ औँ चरणको अन्तिम खेलमा आर्सनल र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् ।

इमिरेन्टसमा राति भएको खेलमा राम्रो मौकाहरु बनाए पनि प्यालेसको बलियो रक्षापङ्ती तोड्न नसक्दा आर्सनल बराबरीमा रोकिएको हो ।

खेलमा प्यालेसका लागि गोलरक्षक विसेन्टे गुवेटा नायक बन्न पुगे । उनले खेलको २० र २६ औँ मिनेटमा आर्सनलका कप्तान पिएरे एम्रिक औबामुयाङको प्रहार बचाउ गरेका थिए । पहिलो हाफमा आर्सनलको पाँच प्रहारलाई गुवेटाले उत्कृष्ट बचाउ गरेका थिए।

प्यालेसले पनि पहिलो हाफमा कम मौका बनाएको थियो । इविरिची इजीको प्रहार बारमा लागेर फर्कदा पहिलो हाफमा क्रिस्टल प्यालेस अग्रता लिनबाट चुक्न पुग्यो । दोस्रो हाफमा भने दुवै टोलीले उत्कृष्ट मौकाहरु बनाएका थिए । ७० औँ मिनेटमा विल्फ्रेन्ड जाहले गरेको प्रहारलाई बेर्नार्ड लेनोले अर्को बचाउ गर्दै खेललाई गोलरहित बराबरीमा रखेका थिए ।

बराबरीसँगै आर्सनलको १८ खेलबाट २४ अंक रहेको छ भने ११ औँ स्थानमा रहको छ । प्यालेस पनि २३ अंक जोडेर १३ औँ स्थानमा यथावत रहेको छ ।

Click to comment

Trending