Headline

बिल्बाओसँग पराजित भएपछि रियल सेमिफाइनलबाट बाहिरियो

Published

on

रियल म्याड्रिड स्पेनिस सुपर कपबाट बाहिरिएको छ । बिहिबार भएको सेमिफाइनलमा स्पेनिस महारथी एथ्लेटिक बिल्बाओसँग २–१ ले पराजित भयो ।

फाइनलमा अब बिल्बाओले बार्सिलोनासँग खेल्नेछ । बार्सिलोनाले बुधबार भएको अर्को सेमिफाइनलमा रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । फाइनल आइतबार सेभिलमा हुनेछ ।

सेमिफाइनलमा बिल्बाओले १८ औं मिनेटमा राउल गार्सियामार्फत अग्रता लिएको थियो । मध्यान्तरभन्दा सात मिनेट अघि पेनाल्टीमा आफ्नो दोश्रो गोल गर्दै गार्सियाले बिल्बाओलाई २–० को अग्रता दिलाएका थिए ।

लुकास भाज्केजले इनिगो मार्टिनेजलाई डि एरियामा लडाएपछि बिल्बाओले पेनाल्टी पाएको थियो । करिम बेन्जेमाले खेल सकिनु १७ मिनेट अघि रियललाई खेलमा फर्काएका थिए । उनको गोललाई असिस्टेन्ट रेफ्रिले अफ साइड दिए पनि भारको सहयोगमा त्यसले मान्यता पाएको थियो ।

रियलले त्यसपछिको समय गोल गर्ने मौकाहरु सृजना गरेपनि बिल्बाओले रियललाई रोक्न सफल भएको थियो । बेन्जेमाले गरेको अर्को गोललाई पनि अफ साइड दिइएको थियो ।

Click to comment

Trending