Headline

पिएम कप आजबाट, उद्घाटन खेलमा आर्मी र गण्डकी भिड्ने (खेल तालिका सहित)

Published

on

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्ने छन् ।

प्रतियोगिता सात प्रदेश र तीन विभागीय टोली गरेर कुल १० टोलीको सहभागिता रहने छ । १० टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ ।

समुह ए मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् भने समुह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदुर पश्चिम प्रदेश रहेका छन् ।

पहिलो र दोश्रो दिनको खेल टियु क्रिकेट मैदानमा मात्र खेलाइने छ भने त्यस पछिका समुह चरणका खेलहरु टियु र मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।

समुह चरणमा पहिलो र दोश्रो स्थान हात पार्ने टोलीले सेमीफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल खेल माघ १७ गते खेलाइने छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो संस्करणमा नेपाली पुलिस क्लब र त्रिभुवन आर्मी क्लब संयुक्त रुपमा विजेता घोषित भएका थिए । वर्षाका कारण खेल हुन नसक्दा दुबैलाई उपाधि बाँढिएको थियो ।  त्यस्तै दोश्रो संस्करण एपीएफ र तेश्रो संस्करण नेपाल पुलिस क्लबले जितेका थिए । दोश्रो र तेश्रो संस्करण दुबैमा त्रिभुवन आर्मी क्लब उपविजेतामा सिमित हुन पुगेको थियो ।

Click to comment

Trending