Headline

रत्नजित, दिपेश, प्रिन्स क्वार्टर–फाइनलमा

Published

on

योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको पुरुष र्याङ्किङ्ग १६ तथा महिला र्याङ्किङ्ग १२ को क्वार्टर–फाईनल समिकरण पुरा भएको छ ।

पुरुषको लिग प्रतियोगिताबाट समूह ए बाट सेनाका रत्नजित तामाङ्ग र एपिएफका गौतम कठायत पहिलो र दोश्रो हुँदै क्वाटरफाईनल प्रवेश गरेका हुन् । अब रत्नले समूह सीको दोश्रो स्थानमा रहेका भोजपुरका बिकास श्रेष्ठसंग प्रतिस्पर्धा गर्ने छन् ।

रत्नले लिगमा ३ मा तीन खेलनै जित्दै समूह विजेता भएका हुन् । यस्तै तीनमा दुई खेल जित्दै उपबिजेता भएका गौतमले समूह सिका बिजेता सेनाका प्रफुल महर्जनको सामना गर्ने भएका छन् । प्रफुलले ३ मा तीन खेलमा नै बिजय भएका थिए । यस्तै बिकासले तीनमा दुई खेल जिते ।

यस्तै समूह बी बाट एपिएफका दीपेश धामी र सेनाका नविन श्रेष्ठ बिजेता र उपबिजेता बन्दै क्वार्टर–फाईनल प्रवेश गरे । दीपेशले तीनमा तीन खेलमै बिजयी भएर बिजेता समूह बिजेता बनेका थिए भने नविनले एक खेल गुमाएका थिए ।

अब दीपेशले समूह डीका उपबिजेता रुकेश महर्जन संग प्रतिस्पर्धा गर्नेछन् । रुकेशले आफ्नो समूहमा तीनमा दुई जित निकाल्दै समूह उपबिजेता बनेका हुन् । यस्तै समूह डीका बिजेता सिल्क ग्रुपका प्रिन्स दाहालले समूह बीका उपबिजेता सेनाका नविन श्रेष्ठसंग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्सले आफ्नो समूहमा सतप्रतिसत जीत निकालेका थिए ।

महिला र्याङ्किङ्ग १२ बाट समूह ए मा भोजपुरकी नङ्गशल देवी तामाङ्ग र बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशी बिजेता तथा उपबिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरे । अव नङ्गशलले समूह सीकी उपबिजेता एपिएफकी शोभा गौचनको सामना गर्ने छिन् । नङ्गशलले समूहमा शत प्रतिशत जित निकालेकी थिईन् ।

यस्तै राजबंशीले समूह सीकी बिजेता राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनको सामना गर्नेछिन् । समूह बीबाट सेनाकी अमिता गिरी र एपिएफकी सुनयना मुखिया बिजेता तथा उपबिजेता बन्दै क्वाटरफाईनल प्रवेश गरे । अमिताले समूह डीकी उपबिजेता अनुमाया राई र सुनयनाले एपिएफकी जेशिका गुरुङ्गको सामना गर्ने छन् ।

Click to comment

Trending