राष्ट्रिय

किरणले आई-लिगको आफ्नो दोश्रो खेलमा पन्जाबको कप्तानी गर्दै

Published

on

भारतीय शिर्ष डिभिजनको हिरो आइ-लिगमा नेपाली गोलरक्षक किरण चेमजोङ्गको टोली राउन्ड ग्लास पन्जाबले आफ्नो दोश्रो खेलमा आज गोकुलम केरला फुटबल क्लबको सामना गर्दैछ । त्यस्तै पन्जाबले आजको खेलमा किरणलाई आफ्नो टोलीको कप्तान नियुक्त गरेको छ । उसको नियमित कप्तान बिक्रमजित सिंह आजको खेलमा नखेल्ने भए पछि  पन्जाबले आफ्नो टोलीको नाम सार्वजनिक गर्दा किरणलाई कप्तानको भूमिका दिएको हो ।

यस अघि पन्जाबले आफ्नो पहिलो हेल्म अजवाल फुटबल क्लबलाई १-० ले हराएको थियो । पन्जाबले १-० को जित हात पारे पछि किरणले आफ्नो पहिलो खेलमै क्लिन शिट राख्न सफल भए ।

अजवालले गरेको ११ सटमा ४ सट तार्गेटमा रहेको थियो भने त्यी सबै सटलाई किरणले बिना कुनै झनझट बचाए  ।

 

 

Click to comment

Trending