Headline

आईपीएलका कारण धेरै खेलाडी घाइते भएका हुन् : जस्टिन ल्याँगर

Published

on

अष्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्याँगरले इन्डियन प्रिमियर लिग (आईपीएल) का कारण धेरै खेलाडी घाइते भएको धारणा राखेका छन् । उनले विशेष गरि जुन समयमा यस बर्षको आईपीएल आयोजना भयो त्यसलाई खेलाडी घाइते बनाउने मुख्य कारण रहेको बताएका हुन् ।

अष्ट्रेलिया र भारत बीचको ट्वान्टी ट्वान्टी, एकदिवसीय र टेस्टका क्रममा धेरै खेलाडी घाइते भए । जसको सबैभन्दा ठुलो असर भारतीय टोलीमा परेको छ । भारतले तिब्र गतिका बलर इशान्त शर्मालाई आईपीएलका क्रममामा नै गुमायो । त्यस्तै ओपनर रोहित शर्माले पनि चोटका कारण ट्वान्टी ट्वान्टी र एकदिवसीय शृंखला गुमाए भने सुरुवाती दुई टेस्ट पनि खेल्न पाएनन् ।

त्यस्तै टेस्ट शृंखलाका क्रममा तिब्र गतिका बलरहरु मोहम्मद शामी, उमेश यादव र जस्प्रित बुम्रा, ब्याट्सम्यान केएल राहुल तथा अलराउण्डर रविन्द्र जडेजालाई गुमाई सकेको भारतका रविचन्द्रन अश्विन र हनुमान बिहारी जस्ता खेलाडी घाइते छन् र अन्तिम टेस्टमा खेल्न सक्ने नसक्ने केहि भन्न सक्ने अवस्थामा छैनन् ।

अष्ट्रेलियाले भने अलराउण्डर मार्कस स्टोइनिस र ओपनर डेभिड वार्नरलाई ट्वान्टी र एकदिवसीय शृंखलामा गुमायो भने वार्नर पूर्ण फिट नहुँदा पनि टेस्ट टेस्टमा ओपनिङमा ब्याटिङ गर्न आए ।

‘मैलें पहिले नै भनेको थिए जुन टोलीका खेलाडी सबैभन्दा फिट हुन्छन् त्यहि टोलीको यस भ्रमणमा बोलबाला रहन्छ,’ ल्याँगरले भने । ‘हामीले पनि ट्वान्टी ट्वान्टी र एकदिवसीय शृंखलाका क्रममा महत्वपूर्ण खेलाडीहरु गुमाउन पुग्यौं । टेस्टमा पनि उस्तै छ हालत । यस विषयमा भारत अझ बढी मारमा परेको छ । टेस्ट शृंखलाका क्रममा पनि उनीहरुको खेलाडीहरु लगातार रुपमा घाइते हुँदै शृंखलाबाट बाहिरी सकेका छन् । यसमा मैलें केहि गर्न सक्दिन । सायद यो सबै आईपीएल गलत समयमा आयोजना हुन पुग्यो ।’

Click to comment

Trending