Headline

पिएसजीसँग पहिलो उपाधि जिते पछि पोचेटिनोले भने: “यो त केवल शुरुवात हो”

Published

on

फ्रेन्च जाएन्ट क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) को बागडोर सम्हालेको दुई हप्तामै मार्सेलाई ट्रफी डे च्याम्पियन्समा २-१ ले हराउदै आफ्नो प्रशिक्षक जीवनको पहिलो उपाधि जिते पछि मौरिसियो पोचेटिनोले यो शुरुवात मात्रै भएको बताएका छन् ।

टोटेनह्याम, साउथह्याम्प्टन र इस्पान्योलमा रहदा पोचेटिनोले धेरै प्रंशसा पाए पनि उनले प्रशिक्षकको रूपमा भने कहिल्यै उपाधि जितेका थिएनन् । लिग वानमा आएको दुई हप्ता पनि नबित्दै पहिलो उपाधि जितेका पोचेटिनो अझै भोकाएका छन् । कप डे फ्रान्स, लिग वान र च्याम्पियन्स लिग बाँकी रहेको अवस्थामा पोचेटिनोलाई पिएसजीको सफलताको छडी मानिएको छ ।

“एक प्रशिक्षकको रूपमा म यहाँ आएको दश दिन भयो र मेरो टोलीले यो दिनहरुमा तीन खेल खेले र आज हामीले हाम्रो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी विरुद्ध फाइनल जित्यौँ, यो जित धेरै  महत्त्वपूर्ण छ,” पोचेटिनोले जित पछि भने । “ट्रफी भन्दा बढी, यो उपाधि एक सम्मान र गौरव हो जुन क्लब र फ्यानहरूका लागि सबैभन्दा महत्त्वपूर्ण छ । बिस्तारै, टोलीलाई अझै मैले उत्कृष्ट बनाउने प्रयास गर्ने छु । म यहाँ आएको दुई हप्ता भएको छ र हामीले धेरै तयारी गर्नु पर्ने छ।”

पोचेटिनोले आफु प्रशिक्षक भए पछि पाएको यो उपाधि एक शुरुवात भएको बताए । “यो उपाधि मेरो लागि ठुलो कुरा हो तर म पिएसजीका समर्थकहरुलाई यो भन्न चाहन्छु कि यो केवल मात्रै एउटा शुरुवात मात्र हो,” उनले भने ।

नेमारले ८५ औँ मिनेट पेनाल्टीमा गोल गर्दै पिएसजीलाई सिजनको पहिलो उपाधि जिताएका हुन् ।

 

Click to comment

Trending