Headline

दोश्रो श्रेणीको टोलीसँग स्तब्ध हुँदा बायर्न २० बर्षमा पहिलो पटक जर्मन कपको दोश्रो चरणबाटै बाहिरियो

Published

on

दोश्रो श्रेणीको टोली होल्स्टेन किएलसँग पेनाल्टी सुटआउटमा स्तब्ध भएपनि बायर्न म्युनिख दुई दशकमा पहिलो पटक जर्मन कपको दोश्रो चरणबाटै बाहिरिएको छ ।

दुई पटक अग्रता लिएपनि उत्कृष्ट पुनरागमन गर्दै खेललाई २–२ को बराबरीमा टुँगाउदै किएलले एक्ट्रा टाइमपछि पेनाल्टी सुटआउटमा ६–५ को सनसनीपूर्ण जित रचेको थियो । “यो जितलाई हामी बर्षौसम्म सम्झिरहनेछौं,” किएलका ३२ बर्षिय प्रशिक्षक ओले वेर्नरले भने ।

किर्तिमानी २० पटक जर्मन कप जितेको बायर्न २००४ यता पहिलो पटक प्रतियोगितामा दोश्रो श्रेणीको टोलीसँग पराजित भएको हो । २०२० मा एक मात्र खेल हार्दै च्याम्पियन्स लिग, बुन्डेसलिगा र पोकल कप जितेको बायर्नले २०२१ को शुरुवातमा तीनमा दुई खेल हारेको छ ।

गत शुक्रबार पनि बायर्नले बुन्डेसलिगमा बोरुसिया मोएन्चेनग्लाडबाचसँग पराजय ब्यहोरेको थियो । लिगमा बायर्नको त्यो दोश्रो हार थियो ।

बायर्नका मार्क रोकाको पेनाल्टीलाई किएल गोलकिपर इयोनिस जेलियोसले बचाएपछि बार्टेसले निर्णयक गोल गर्दै किएलको जित सुनिश्चित पारेका थिए । रोका पेनाल्टीमा चुक्ने एक मात्र खेलाडी थिए ।

१४ औं मिनेटमा थोमस मुलरको हेडर जेलियोसको हातमा लागेर आएपछि सर्जि नाब्रीले बायर्नलाई अग्रता दिलाएका थिए । बायर्नले दवाब कायम गरिरहदा बार्टेल्सले ३७ औं मिनेटमा किएलका लागि बराबरी गोल गरेका थिए ।

तर ४८ औं मिनेटमा लिरोय सानेले एक पटक फेरि बायर्नको अग्रता फर्काएका थिए । त्यसपछि भने किएलले निकै संगठित डिफेन्डिङ्ग गर्दा बायर्न हतोत्साहित हुन पुगेको थियो । इन्जुरी समयमा हउके वाह्लले बराबरी गोल गर्दै खेललाई एक्स्ट्रा टाइममा धकेलेका थिए जहाँ घरेलु टोली बायर्नलाई रोक्न सफल भएको थियो ।

Click to comment

Trending