Headline

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

Published

on

रियल सोसिडाडलाई पेनाल्टीमा पराजित गर्दै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा निर्धारित समयमा १–१ को बराबरीपछि एक्स्ट्रा टाइममा पनि बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो ।

एन्टोइन ग्रिजमन र फ्रेंकी डि जोँग पेनाल्टीमा चुक्दा रिकी पुइगले बार्साका लागि निर्णायक गोल गरेका थिए । बार्सिलोना गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले सोसिडाडको दुई प्रहार बचाएका थिए ।

मार्टिन ब्रेथवेट र ग्रिजमनको आकर्षक संयोजनपछि पाएको पासलाई सदुपयोग गर्दै डि जोँगले बार्सालाई ३९ औं मिनेटमा अग्रता दिलाएका थिए । तर दोश्रो हाफको शुरुवातमै डि जोँगले बललाई ह्याण्ड गरेपछि सोसिडाडलाईलाई पेनाल्टीमार्फत मिकेल ओयारजबालले खेलमा फर्काएका थिए ।

बिहिबार एथ्लेटिक बिल्बाओ र रियल म्याड्रिडबीचले दोश्रो सेमिफाइनल खेल्नेछन् । फाइनल आइतबार हुनेछ । मात्र चार टिम संलग्न गराएपछि स्पेनिस सुपर कप दोश्रो बर्षमा चलिरहेको छ ।

Click to comment

Trending