Headline

के युनाइटेडको अग्रता लामो समय टिक्न सक्ला ?

Published

on

इङ्गलिस प्रिमियर लिगको झण्डै आधा सिजन समाप्त हुदा म्यानचेस्टर युनाइटेडले शिर्ष स्थानमा लिभरपुलसँग स्पष्ट तीन अंकको अग्रता बनाएको छ । सिजनमा खराब शुरुवात गर्नुका साथै च्याम्पियन्स लिगमा पनि पहिलो चरणबाटै बाहिरिएको युनाइटेड लिगमा भने बिस्तारै सम्हालिदै गएको देखिएको छ ।

तर सात सिजन अघि आफ्नो अन्तिम उपाधि जितेको युनाइटेड यो पटक उपाधिको दावेदार नै हो की दावेदार जस्तो देखिएको मात्रै हो ? के उसको अग्रता दिगो रहन सक्ला त ? कस्तो देखिएको छ युनाइटेड ?

टिमको मजबुती

एलेक्स फर्गुसनले २० औं प्रिमियर लिग उपाधि जिताएर क्लब छोडे यता युनाइटेडको ट्रान्सफर मार्केटको सफलताले निशाना भेट्टाउने भन्दा बढी चुकेको छ । तर मङ्गलवार टर्फ मुरमा बर्नलीलाई १–० ले पराजित गर्दा व्यवस्थापक ओले गुनार सोल्सायरको सब्स्टिच्युट बेन्च हेर्ने हो भने उनले लोभ लाग्दो बिकल्पसहितको बलियो टोली बनाएको देखिन्छ ।

मिडफिल्डमा पउल पोग्बा, निमान्जा माटिच र ब्रुनो फर्नान्डेसलाई लिएर शुरुवात गरेका नर्वेजियन सोल्सायरको बेन्चमा फर्ममै रहेका स्कट म्याकटोमिने, फ्रेड र डोनी भान डि बिक रहेका थिए ।

युनाइेटडमा अहिले बेञ्चमा पनि राम्रै बिकल्प रहेको देखिएको छ ।

तीन म्याचको प्रतिबन्धपछि एडिन्सन काभानी अग्रपक्तिको केन्द्रबिन्दुमा रहदा एकेडमीबाट आएका मेसन ग्रिनउडलाई ढिलो मैदानमा उतारिएको थियो । सेन्ट्रल डिफेन्समा एरिक बेली र ह्यारी मग्वायरले प्रभाव पार्दा युनाइटेड रक्षापंक्तिले पनि गति पाएको छ ।

तर युनाइटेडमा खेलाइएका खेलाडीहरुले भने ध्यान खिचिरहेका भने होइनन् । यो त केही दिन अघि एस्टन भिल्लालाई हराउदा टोलीले मनाएको उत्साहप्रद खुशीयालीले क्लबमा देखिएको आत्मीयताले प्रभाव पारिरहेको हो ।
व्यवस्थापक

खेलाडीको रुपमा ओल्ड ट्राफोर्डमा ६ प्रिमियर लिग उपाधि जितेका सोल्सायरको लागि युनाइटेडको यात्रा उनले क्लब सम्हालेदेखि कहिल्यै पनि सहज भएको छैन । जब–जब युनाइटेड खस्कदै जान थाल्छ सोल्सायर योर्गन क्लोप र पेप ग्वार्डियोलाको स्तरमा पुग्ने अनुभव नभएको भन्दै दवाबमा रहने गर्दछन् ।

खराब शुरुवातका बावजुद सम्भव रहेका ३३ बाट २९ अंक बटुल्न सक्नु युनाइटेडको पुनरागमन गर्न सक्ने मजबुती स्पष्ट झल्किएको छ तर सोल्सायर अहिल्यै भावनामा बग्ने मुडमा छैनन् ।

“सिजनको मध्यतिर आइसक्दा हामी अहिले जहाँ छौं त्यसले हामी कस्तो टोली हौं स्पष्ट पारेको छ । तर जनवरी १२ हामी जहा रहेको हो त्यो कुरा कसैले सम्झने छैनन्,” आफ्नो टोलीको उत्सुकत केही हदसम्म शान्त पार्ने क्रममा सोल्सायर भन्छन् ।

प्रतिद्वन्दीहरु

हाल उच्च फर्ममा देखिएपनि सट्टेबाजहरुले युनाइटेडलाई म्यानचेस्टर सिटी र लिभरपुलपछि प्रिमियर लिगको उपाधिको दाबेदारको रुपमा तेश्रो स्थानमा राखेको छ । रक्षापंक्तिमा चोटले प्रभाव पार्दा अघिल्लो सिजनजस्तो तिब्र गति लिन नसकेपछि लिभरपुल अझै पनि उपाधिको समिकरणमा स्पष्ट रुपमा अगाडी रहेको देखिन्छ ।

सोल्सायर क्लोप र ग्वार्डियोलाको स्तरमा पुग्न अझै पनि अनुभवबिहिन नै छन् ।

अबको खेलमा चीर प्रतिद्वन्दी लिभरपुलको घरमा खेल्न जादा युनाइटेडको खुट्टामा स्प्रिङ्ग हुनेछ । कारण हो एक जितले पनि युनाइटेड ६ अंकको अग्रताका साथ शिर्ष स्थानमा पकड बनाउन सक्नेछ । अघिल्लो सिजन एन्फिल्डमा हार्न पुग्दा युनाइटेडले लिभरपुललाई ३० अंकको अग्रता बनाउने मौका दिएको थियो ।

घरेलु सिजनमा लिभरपुलसँग जनवरी २०२० मा पराजित भएयता एक अवे खेल पनि नहारेका सोल्सायर लिभरपुलको चुनौतिका लागि आफ्नो टोली तैयार रहेको मान्छन् । “हामी एन्फिल्ड पुग्दा इङ्गल्याण्डको एक मिलले नै उत्कृष्ट टोलीबिरुद्ध खेल्न गइरहेको ज्ञान हामीलाई रहनेछ । उनीहरु आफ्नो अधिकारले च्याम्पियन हुन् र त्यो खेल हाम्रो लागि सबैभन्दा ठूलो परिक्षा हुनेछ,” सोल्सायरले भने ।

सिटी भने कसैलाई पत्तै नदिएर शिर्ष स्थानबाट केही दुरीमा मात्रै रहेको टोली बनिसकेको छ । युनाइटेडभन्दा सिटी सात अंकले पछि रहेको छ तर उसको हातमा अझै दुई खेल छ । सिटी चार सिजनमा तेश्रो उपाधि जित्ने प्रबल दाबेदारको रुपमा कायमै रहेको छ ।

ओल्ड ट्राफोर्डमा सोल्सायरसँगै खेलेका पुर्व युनाइटेड गोलकिपर पिटर स्मिकेल आफ्नो टोली उपाधि जित्न सक्षम रहे नरहेको बिश्वस्त नभएपनि त्यसको नजिक भने रहेको मान्छन् ।

“यदि हामीले डर्टमण्डबाट स्ट्राइकर हालान्ड (एर्लिङ) र लाइपजिगबाट डिफेन्टर डेयोट (उपमेकानो) जस्ता खेलाडी थप्न सक्ने हो भने म युनाइटेड प्रिमियर लिगको प्रबल दाबेदारको रुपमा मान्नेछु,” स्मिकेलले बिबिसिलाई भनेका छन् ।

स्मिकेललाई गलत साबित गर्ने उनका पुर्व मित्र सोल्सायरकै हातमा रहेको छ ।

Click to comment

Trending