Headline

ब्रिस्बेनमा भारतीय टोली माथि कडा नियम

Published

on

अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोली चौथों तथा अन्तिम टेस्टका लागि ब्रिस्बेन पुगिसकेको छ । तर ब्रिस्बेन पुग्ने बित्तिकै भारतीय टोली माथि अष्ट्रेलिया सरकारले कडा नियम लगाएको छ ।

आफ्ना खेलाडीहरुको चोटका कारण दबाबमा परेको भारतीय टोली माथि लगाइएको कडा नियमका कारण थप दबाब बढेको छ । भारतीय टोलीले चौथों टेस्ट नसकिए सम्म आफ्नो होटलमा रुम सर्भिस पाउने छैनन् ।उनीहरुले आफ्नो ओछ्यान आफै मिलाउन पर्ने हुन्छ भने आफ्नो कोठाको शौचालय आफैले सफा गर्न पर्ने हुन्छ ।

त्यस्तै उनीहरुले पौडी पोखरीको प्रयोग गर्न पाउने छैनन् भने होटलको कुनै पनि ठाउँमा जानका लागि प्रतिबन्ध लगाइएको छ । उनीहरु आफ्नो टोलीका सदस्यहरुको कोठामा भने जान पाउने छन् । भारतीय टोलीले आफु बसेको होटलमा खाना मगाउन पाउने छैनन् । खाना मगाउन परेको खण्डमा उनीहरुले एप मार्फत खाना मगाउन पाउने छन् ।

भारतीय टोलीलाई होटलको कोठा र गाबामा मात्र आउजाउका लागि खुकुलो गरिएको छ । यो सबै कोरोनाका कारण भएको छ । अष्ट्रेलिया सरकारको नियम अनुसार कुनै पनि व्यक्ति सिड्नीबाट अन्य कुनै ठाउँमा जान्छ भने उसले १४ दिन अनिवार्य क्वारेन्टिनमा बिताउन पर्ने हुन्छ ।

तर भारतीय टोलीले १४ दिनको क्वारेन्टिनमा बिताउन नसक्ने जनाए पछि त्यस नियममा खुकुलो पार्दै क्वारेन्टिन बस्न नपर्ने भए पनि अन्य कुरामा भने कडाई गरिएको हो । भारतीय टोलीका सदस्यहरुमा कोरोनाको खतरा बढ्न सक्ने भन्दै अष्ट्रेलिया क्रिकेट बोर्डले यस्तो नियम लगाएको हो । त्यस्तै खेलाडीहरुमा कोरोना लाग्ने डरका कारण टोली बस्ने होटलमा पनि अत्यावश्यक कर्मचारी बाहेक अन्यलाई होटलमा बस्ने अनुमती दिइएको छैन ।

Click to comment

Trending