Headline

लामो समयपछि पुनरागमन गर्दै ब्राजिलियन सुपरस्टार नेमार

Published

on

लामो समय मैदान बाहिर रहेका पेरिस सेन्ट जर्माइन स्टार फरवार्ड नेमार मैदान फर्किने भएका छन् ।

नेमार ट्रफी दे चाम्पियन्स अन्तर्गत चीर प्रतिद्वन्दि मार्से विरुद्धको खेलमा मैदानमा उत्रने भएका हुन् ।

पछिल्लो पाँच खेलमा गोलीगाँठोको चोटका कारण खेल्न नसकेका नेमार आज राती हुने खेलका लागि टोलीमा फर्किन लागेका हुन् । उनको आगमनसँगै पिएसजी लगातार आठौँ पटक ट्रफी दे चाम्पियन्सको उपाधि जित्ने दाउमा रहेको छ ।

नव नियुक्त प्रशिक्षक मौरिसियो पोचेटिनो पनि नेमारको आगमनले खुशी रहेका छन् । त्यस्तै उनले नेमार पुरै ९० मिनेट नै नखेले पनि फाइनलमा मैदान पस्ने जनाए ।

“हो नेयमार उपलब्ध हुनेछन् । उनी टोलीसँग नै रहने छन्,’ पोचेटिनोले भने । “हामी खेल भन्दा अगाडी मात्र नेमारले सुरुवात गर्ने छन् अथवा खेलको बीचमा मैदान छिर्ने छन् भन्ने बारेमा निर्णय लिने छौं ।”

लिग वान अन्तर्गत लियोन विरुद्धको खेलमा पराजित हुँदा अन्तिम पटक ब्राजिलियन नेमारले पिएसजीको लागि खेलेका थिए ।

Click to comment

Trending