Headline

७ बर्षपछि युनाइटेड पहिलो पटक शिर्ष स्थानमा

Published

on

पउल पोग्बाले दोश्रो हाफमा भलिमार्फत गरेको उत्कृष्ट गोलमार्फत म्यानचेस्टर युनाइटेड बर्नलीलाई हराउदै इङ्गलिस प्रिमियर लिगको शिर्ष स्थानमा पुगेको छ ।

युनाइटेड २०१२ डिसेम्बर पछि पहिलो पटक जनवरी महिनामा पहिलो स्थानमा उभिएको हो । एलेक्स फर्गुसनको अन्तिम सिजनमा युनाइटेडले उपाधि जितेको थियो भने त्यसपछि उपाधिबिहिन रहदै आएको छ । होजे माउरिन्होले २०१७–१८ मा क्लब सम्हाल्दा युनाइटेड दोश्रो स्थानमा थियो तर धेरै अंकले पछाडी रहेको थियो ।

डिफेन्डिङ्ग च्याम्पियन लिभरपुलको ३३ अंक रहेको छ भने युनाइटेडले स्पष्ट तीन अंकको अग्रता बनाएको छ । दुवै समान १७ खेल खेलेका छन् ।

मङ्गलवार युनाइटेडले अधिकांश समय बर्नलीलाई अधिकांश समय दवाबमा राखेपनि गोल गर्न भने निकै संघर्ष गर्यो । ७१ औं मिनेटमा मार्कस रासफोर्डको पासमा पोग्बाले उत्कृष्ट भलि प्रहार गरे र बल म्याथ्यु लुटनलाई डिफ्लेक्ट गर्दै जाली चुमेको थियो ।

अतिरिक्त समयसम्म फ्रेममा प्रहार गर्न नसकेको बर्नलीले अन्तिममा केही मौका बनाएपनि युनाइटेड जित हात पार्न सफल रह्यो । पोग्बाले यो सिजन युनाइटेडका लागि दोश्रो गोल गरेका हुन् ।

मङ्गलवार नै भएको अर्को खेलमा एभर्टन उल्भ्सलाई २–१ ले पराजित गर्दै चौथो स्थानमा उक्लियो । लेस्टरसँगै समान ३२ अंक रहेको एभर्टन गोल अन्तरका आधारमा पछाडी रहेको हो । टोटेन्ह्याम, सिटी र साउथ्याम्प्टनकोसमान २९ अंक रहेको छ । अघिल्लो सिजन निकै आकर्षक प्रदर्शन गरेको उल्भ्स यो सिजन १४ औं स्थानमा झरिसकेको छ ।

अवे खेलमा एभर्टनले एलेक्स इवोबी मार्फत छैटौं मिनेटमै अग्रता लिएपनि रुबेन नेभेसले १४ औं मिनेटमा बराबरी गरेका थिए । ७७ औ मिनेटमा माइकल किनको गोलमा एभर्टन बिजयी भएको थियो ।

अर्को खेलमा सेफिल्ड युनाइटेडले न्युकासल युनाइटेडलाई १–० ले पराजित गर्यो । अंक तालिकाको पुछारमा रहेको सेफिल्डको १८ खेलबाट मात्रै पाँच अंक रहेको छ । न्युकासल १५ औं स्थानमा छ ।

Click to comment

Trending