अन्तर्राष्ट्रिय

अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय टोलीमा चोटले थप समस्या थप्दै 

Published

on

यस अघि चोटका कारण तीन जना खेलाडी गुमाएको भारतलाई थप खेलाडी चोटको मारमा पार्दा थप समस्या बढेको छ । तेश्रो टेस्ट अघि चोटका कारण तीन जना खेलाडी गुमाएको भारतले चौथों टेस्ट अघि दुई जना गुमाई सकेको छ भने अर्का दुई जना पनि अन्तिम टेस्ट खेल्न सक्ने नसक्ने केहि भन्न नसकिने अवस्थामा रहेका छन् ।

तिब्र गतिका बलरद्वय मोहम्मद शामी र उमेश यादव तथा ब्याट्सम्यान केएल राहुल चोटका कारण अष्ट्रेलिया भ्रमणबाट बाहिरी सकेका छन् भने अब चोटले गर्दा चौथों तथा अन्तिम टेस्ट खेल्न नसक्ने खेलाडीहरुको सुचीमा तिब्र गतिका बलर जस्प्रित बुम्रा र अलराउण्डर रविन्द्र जडेजा पनि जोडिन पुगेका छन् ।

बुम्रा पेटको मांसपेसीको चोटका कारण ब्रिस्बेनमा अन्तिम टेस्ट टेस्ट खेल्न नसक्ने भएका छन् । बुम्राले तेश्रो टेस्टको दोश्रो पारीका क्रममा नै असजिलो महसुस गरिसकेका थिए । तर पनि उनले असहज हुँदा हुँदै पनि बलिङ गरेका थिए । उनको कस्तो किसिमको चोट हो भनेर भारतीय टोलीले जानकारी नगराए पनि उनको पेटको मांसपेसी च्यात्तिएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

त्यस्तै जडेजा पनि बुढी औंला डिस्लोकेट भएका कारण खेल्न नसक्ने भएका छन् । तेश्रो टेस्टको पहिलो पारीमा चोट लागेका कारण जडेजाले अष्ट्रेलियाको दोश्रो पारीमा बलिङ गरेका थिएनन् । तर भारतले अन्तिम दिनको खेलमा पाँच विकेट गुमाए पछि उनी ब्याटिङ गर्नका लागि तयारी अवस्था बसेका थिए ।

त्यस्तै सिड्नी टेस्टमा हार नजिक पुगेको भारतको लागि ड्र सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका हनुमा बिहारी र रविचन्द्रन अश्विन पनि अन्तिम टेस्ट खेल्न सक्नेमा संका नै रहेको छ । अश्विनको ढाडमा समस्या देखिएको थियो भने बिहारीको अन्तिम दिनको खेलका क्रममा ह्यामस्ट्रिंङमा समस्या देखिएको थियो । अश्विन ढाडको चोटका कारण राम्रोसँग पनि उभिन नसक्ने अवस्थामा पनि उत्कृस्ट ब्याटिङ गर्दै भारतको ड्र मा नायक बनेका थिए ।

बिहारी र अश्विनले खेल्न सक्ने नसक्ने विषयमा भारतीय अन्तिम टेस्ट अगाडी मात्र निर्णय लिन सक्ने छ । अश्विन र बिहारी महत्वपूर्ण सदस्य रहेका कारण शुक्रबार हुने टेस्ट सम्म कुर्ने पक्षमा भारतीय टोली रहेको छ ।

चार टेस्टको शृंखला १-१ को अवस्थामा रहेको छ । पहिलो र दोश्रो टेस्ट क्रमश अष्ट्रेलिया र भारतले समान ८-८ विकेटको जित हात पारेका थिए भने तेश्रो टेस्ट बराबरीमा सकिएको थियो ।

Click to comment

Trending