अन्तर्राष्ट्रिय

होबार्ट पहिले ब्याटिङ गर्दै, सन्दिप सुरुवाती ११ मा

Published

on

अष्ट्रेलियन बिग ब्यास लिग अन्तर्गत आफ्नो १०औं खेलमा नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले पर्थ स्कोचर्स विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । होबार्टले ब्याट फ्लिप जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

यस अघि नौं खेल खेलेको होबार्ट पाँच जित र चार हार व्यहोर्दै १९ अंकका साथ अंक तालिकाको चौथों स्थानमा रहेको छ भने एक खेल कम खेलेको पर्थले चार खेलमा जित निकाल्दा तीन खेलमा पराजित भएको थियो भने एक खेल रद्ध हुन पुगेको थियो । पर्थ १६ अंक सहित अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

पछिल्लो पाँच खेलको नतिजालाई आधार मान्ने हो भने होबार्ट पर्थ माथि हाबी रहेको छ । पाँच खेल मध्य होबार्टले चार खेलमा जित निकाल्दा पर्थले एक खेल मात्र आफ्नो पक्ष्यमा पार्न सफल भएको थियो । अघिल्लो संस्करणको दोश्रो लेगमा पर्थले होबार्टलाई ७७ रनले पराजित गरेको थियो ।

जारी सिजन तीन खेल खेलेका सन्दिपले कुल चार विकेट हात पारेका छन् । पहिलो खेलमा दुई विकेट निकालेका सन्दिपले त्यस पछिका दुई खेलमा समान १-१ विकेट निकाल्न सकेका थिए ।

अघिल्ला दुई खेलमा महँगो भए पनि सन्दिप दुबै खेलमा विकेट निकाल्न भने सफल भएका थिए ।अष्ट्रेलियाको सरकारको १४ दिन अनिवार्य क्वारेन्टिन बस्नै पर्ने नियमका कारण होबार्टका सुरुवाती छ खेल गुमाएका सन्दिपले पछिल्ला तीन खेलमा सुरुवाती ११ मा स्थान बनाउन सफल भएका थिए ।

सन्दिपले आफ्नो पुर्व क्लब मेलबर्न स्टार्स विरुद्धको दुई खेल मध्य पहिलोमा दुई तथा दोश्रोमा एक विकेट लिएका थिए । दुबै खेलमा महँगो साबित भएका सन्दिपले पहिलो खेलमा ३८ तथा दोश्रो खेलमा ३६ रन खर्चिएका थिए । दोश्रो खेलमा सुरुका दुई ओभरमा मात्र पाँच रन खर्चिएका सन्दिपले पछिल्ला दुई ओभरमा ३१ रन खर्चन पुगे ।

अघिल्लो दुई खेलमा महँगो भएका सन्दिपले पछिल्लो खेलमा भने किफायती बलिङ गर्न सफल भएका थिए । उनले सिड्नी थन्डर विरुद्धको खेलमा चार ओभर बलिङ गर्दै मात्र २३ रन खर्चिए ।

Click to comment

Trending