Headline

म फेनारबाचे अथवा एमएलएसमा खेल्न चाहन्छु : ओजिल

Published

on

मेसुट ओजिलले आर्सनल छोडे पछि आफुले सन्यास लिने बारे नसोचेको र  सन्यासको सट्टा टर्किस क्लब फेनारबाचे अथवा एमएलएसबाट खेल्ने चाहना भएको बताएका छन् ।

पूर्व जर्मन अन्तर्राष्ट्रिय खेलाडी ओजिलको आर्सनल क्यारियर एउटा बन्द कोठामा रहेको हिरा जस्तो भएको छ भने मिकेल आर्टेटा त्यो हिरालाई कोठामा बन्द गर्ने मालिक जस्ता ।

ओजिल मार्चदेखि आर्सनलका लागि एक खेल पनि खेलेका छैनन् । उनी फिट छन् र खेलाडी छनौटका लागि उपलब्ध पनि छन् तर उनले आर्सनलका लागि खेल नखेलेको वर्षनै बित्न लागिसकेको छ । त्यही कारण पनि उनी यही जनवरी अथवा अर्को ट्रासफर विन्डोमा क्लब छोड्ने निश्चित छ ।

पूर्व रियल म्याड्रिडका खेलाडी रहेका ओजिल मैदानमाअनुपस्थितिको समयमा सोशल मीडियामा प्रशंसनीय रूपमा सक्रिय रहेको छन् र उनले सोमबारमात्रै पनि ट्विटरमा समर्थकहरुसँग प्रश्न र उत्तर गरेका थिए ।

उनलाई त्यो प्रश्न उत्तर पोस्टमा आर्सनल आएकोमा पछुतो लागेको छ कि छैन भन्ने प्रश्न पनि सोधिएको थियो जहाँ उनले “मलाई कुनै पछुतो छैन” भन्दै उत्तर दिएका थिए ।

३२ वर्षिय ओजिललाई आर्सनल छोडे पछि सन्यास लिने वा अन्य कुनै क्लब जाने बारे सोधिएको थियो । त्यसको उत्तर दिदै उनले भने,”मेरो यो समयमा सन्यास लिने कुनै योजना छैन मलाई सन्यास लिनु भन्दा अगाडि दुई देशमा फुटबल खेल्न मन छ, अमेरिका र टर्कि ।

“म टर्कीमा खेल्ने भए पक्का फेनारबाचे जाने छु,” उनले थपे ।

ओजिल र फेनारबाचे बिच निकै राम्रो सम्बन्ध रहेको छ । उनी यही जनवरीमा पनि टर्किस क्लब जाने हल्ला रहेको थियो । उनी अमेरिकि क्लब डिसी युनाइटेड जाने पनि हल्ला चलिरहदा ओजिलले भने आफ्नो अर्को गन्तव्य कता भन्ने कुरा स्पष्ट पारेका छैनन् ।

Click to comment

Trending