Headline

५४ बर्षको उमेरमा जापानी किँग काजुलाई अर्को व्यवसायिक कन्ट्रयाक्ट

Published

on

जापानका भेटेरान स्ट्राइकर काजुयोसी मिउराले ५४ बर्षको उमेरमा योकोहोमा एफसीसँग नयाँ सिजनको जे–लिगका लागि सम्झौता गरेका छन् ।

मैदानमा ढल्कदो उमेरलाई धोका दिदै गर्दै आएको प्रदर्शका कारण ‘किँग काजु’ नामले पनि चर्चित रहेका मिउराको खेल जीवनमा यो अर्को कोशेढुँगा हो । उनले यसअघि नै जापानको लागि सबैभन्दा बढी उमेरमा व्यवसायिक फुटबल खेल्ने खेलाडीको किर्तिमान कायम गरिसकेका छन् ।

अब उनले खेल जीवन ३६ औं करिअर सिजन शुरु गर्नेछन् । “गत सिजन कोरोना भाइरसका कारण संसार नै कठिन समयबाट गुज्रिरहदा मलाई भने फुटबल खेल्न सकिरहेकोमा खुशी थियो,” उनले एक बिज्ञप्तिमा भनेका छन् । “व्यक्तिगत रुपमा त्यो सन्तोषजनक सिजन थिएन तर फुटबललाई लिएर मेरो महत्वाकांक्षा .र उत्सुकता थामिएको छैन ।”

“म हरेक दिन कडा मिहिनेत गर्दै यो सिजन बढी भन्दा बढी खेल खेल्दै टिमको हरेक जितमा योगदान दिनेछु,” उनले थप भनेका छन् । ५३ बर्ष ९ महिनाको उमेरमा गत सिजन जे लिगमा चार खेल खेल्दै उनले जापानको प्रथम श्रेणीमा खेल्ने सबैभन्दा पाका फुटबलरको किर्तिमान कायम गरेका थिए ।

किँग काजु योकोहोमाका लागि दर्शक आकर्षित गर्ने एक प्रमुख हतियार पनि हुन् ।

योकोहोमाका लागि सन् २००५ देखि खेल्दै आएका किँग काजुले लामो समयदेखि उमेर समुहको बिभिन्न नयाँ किर्तिमानहरु बनाउदै आएका छन् । २०१७ मा उनी व्यवसायिक फुटबल म्याचमा गोल गर्ने बिश्वकै सबैभन्दा पाका खेलाडी बनेका थिए ।

१९८२ मा जापान छोड्दै ब्राजिल गएका उनले लेजेण्ड फुटबलर पेलेको पुर्व क्लब सान्तोस एफसीका लागि १९८६ मा खेल्दै व्यवसायिक करिअरको शुरुवात गरेका थिए । चार बर्षपछि उनले जापानको लागि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

८९ खेलबाट जापानका लागि ५५ अन्तर्राष्ट्रिय गोलका साथ उत्कृष्ट प्रदर्शन गर्दै जापानको पहिलो बिश्वकप (१९९८, फ्रान्स) टोलीमा दाबेदारी गरेपनि उनले टिममा स्थान बनाउन सकेका थिएनन् ।

जे–लिग पहिलो पटक १९९३ मा शुरुवात हुदा किँग काजु सबैभन्दा ठूलो स्टारहरुमध्ये पर्दथे । लगत्तै अर्को बर्ष उनी इटालियन सिरी आ खेल्नका लागि जेनोआसँग अनुबन्धित भएका थिए ।

६० बर्षको उमेरसम्म फुटबल खेल्न नछोड्ने दृढ संकल्प राखेका किँग काजुलाई हेर्नका लागि नै जापानका साथै उनले प्रतियोगिता दौरान भ्रमण गर्ने गरेका देशहरुमा दर्शक ओइरिने गर्दछन् ।

Click to comment

Trending