Headline

चौँथो डिभिजनको क्रली टाउनसँग बिएल्साको लिड्स युनाइटेड पराजित

Published

on

इङ्ल्याण्डको शिर्ष डिभिजन प्रिमियर लिगको लिड्स युनाइटेड चौँथो डिभिजन लिग टु को क्लब क्रली टाउनसँग ३-० ले पराजित भएको छ ।

आईतवार भएको एफए कपको तेस्रो चरणको खेलमा क्रली टाउनले लिड्सलाई आफ्नै मैदान बोर्डफिल्ड स्टेडीयममा हराउदा निक ट्रासओला, एस्ले नेडेसन र जोर्डन क्लिफले गोल गरेका थिए । मार्सेलो बिएल्साको लिड्स यही सिजन मात्रै च्याम्पियनशिपबाट प्रिमियर लिगमा उक्लिएको टोली हो ।

क्रली टाउनले सबै गोल दोस्रो हाफमा गरेको थियो । पहिलो हाफमै लिड्सलाई दवाबमा राख्दै ५५ प्रतिशत पोजेसन राखेको क्रली टाउनले दोस्रो हाफमा लिड्सलाई पूर्ण दवाबमा राखेको थियो । क्रली टाउनले खेलको ५० औँ मिनेटमा पहिलो गोल गरेको थियो । उसका लागि निक ट्रासओलाले पहिलो गोल गरेका थिए भने तीन मिनेट पनि नबित्दै ५३ औँ मिनेटमा एस्ले नेडेसनले गोल गर्दै क्रलीको  अग्रता दोब्बर परेका थिए ।

क्रलिका लागि तेस्रो गोल भने ७० औँ मिनेटमा जोर्डनले गरेका थिए । लिड्स यो लज्जास्पद हारसँगै एफए कपबाट बहिरिएको छ ।

क्रली टाउनले लिड्स विरुद्ध इङ्ल्याण्डका टेलिभिजन स्टार ३३ वर्षिय मार्क राइटलाई पनि डेब्यु गराएको थियो ।

यस्तै एफए कपका अन्य खेलहरुमा चेल्सीले मोरक्याम्बेलाई ४-० ले हराउदा टोटनह्यामले मरिन एफसीलाई ५-० ले हराउदै चौँथो चरणमा प्रवेश गरेको छ ।

Click to comment

Trending