Headline

युभेन्टसले सासुओलोलाई हराउदा रोनाल्डोको अर्को किर्तिमान

Published

on

सेरी आ अन्तर्गत सोमबार भएको खेलमा साविक बिजेता युभेन्टसले सासुओलोलाई ३-१ ले हराउदा ९० मिनेट पछि थपिएको इन्जुरी समयमा गोल गरे पछि क्रिष्चियानो रोनाल्डो धेरै गोल गर्ने किर्तिमान नजिक पुग्नुका साथै युरोपका शिर्ष पाँच लिगमा लगतार १५ सिजन १५ गोल गर्ने अर्को किर्तिमान समेत बनाएका छन् ।

सासुओलोलाई ३-१ ले हराउने क्रममा युभेन्टसका लागि डानिलो,आरोन राम्से र रोनाल्डोले गोल गरेका थिए भने सासुओलोका लागि जिओगिरेल डाफ्रिएलले गोल गरेका थिए ।

पहिलो हाफमा कुनै गोल नभए पनि दोस्रो हाफको ५० औँ मिनेटमा भने युभेन्टसका लागि डानिलोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए तर त्यस्को आठ मिनेट पनि नबित्दै सासुओलोका लागि जिओगिरेल डाफ्रिएलले बराबरी गोल फर्काएका थिए । ८२ औँ मिनेटमा भने युभेन्टसले फेरी अग्रता लिन सफल भयो । यो पटक भने युभेन्टसका लागि आरोन राम्सेले गोल गर्दै टोलीलाई २-१ को स्थितीमा पुर्याएका थिए ।

रोनाल्डोले भने ९० मिनेट पछि थपिएको इन्जुरी समयमा उत्कृष्ट गोल गर्दै सर्वधिक गोलकर्ताको सुचीको शिर्ष स्थानमा रहेका जोसेफ बिकानको ७५९ गोलसँग बराबरी गरेका थिए भने अर्को किर्तिमानमा युरोपका शिर्ष पाँच लिगमा लगतार १५ सिजन १५ गोल गर्ने किर्तिमान समेत बनाएका हुन् ।

जितसँगै युभेन्टस ३३ अंकका साथ युभेन्टस चौँथो स्थानमा छ भने हिजै भएको अर्को खेलमा रोमासँग २-२ को बराबरीमा रोकिए पछि इन्टर मिलानले शिर्ष स्थानको एसी मिलानसँग एक अंकको दुरी कायम गर्ने मौका गुमाएको छ ।

Click to comment

Trending