Headline

पिएसएलमा बिकेनन् सन्दिप

Published

on

नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा बिकेनन् । आज सम्पन्न भएको ड्राफ्टमा प्लाटिनममा भरेका सन्दिपलाई कुनै पनि टोलीले आफ्नो टोलीमा अनुबन्ध गरेन ।

सन्दिप प्लाटिनम समुहमा रहेका थिए । यस समुहमा एउटा टोलीले एउटा मात्र खेलाडी छनोट गर्न पर्नेमा सन्दिपलाई कुनै पनि टोलीले आफ्नो टोलीले आबद्ध गरेन । गत सिजनमा पनि प्लाटिनममा रहेका सन्दिपलाई कुनै पनि टोलीले समावेस गरेको थिएन ।

दुई बर्ष अघिको पिएसएलको संस्करणमा लाहोर कलन्दर्सबाट खेलेका सन्दिपले सात खेलमा ११ विकेट निकालेका थिए । उनले २४ दशमलब चार ओभर बलिंग गर्दै सात दशमलब छ छ प्रति ओभरमा १८९ रन खर्चिएका थिए ।

पिएसएलको ड्राफ्टमा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पुर्व कप्तान पारस खड्का सहित पवन सर्राफ, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, करण केसी, सुवाश खकुरेल र आसिफ शेख रहेका छन् ।

Click to comment

Trending