Headline

रहेनन् कुन्दन 

Published

on

राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंहको निधन भएको छ । दुवै मृगौला खराब भएर उपचार गराइरहेका कुन्दनको आज बिहान आफ्नै घरमा निधन भएको हो ।

एक बर्ष अघिबाट दुबै मृगौला खराब हुँदा उनी नियमित डायलेसिस गराउँदै आएका थिए । त्यस्तै कोरोना गत श्रावणमा कोरोना संक्रमण भए पनि उनले कोरोना जित्न सफल भएका थिए ।

९ महिना अगाडी आफ्ना आमा बुवा गुमाएका कुन्दन मामाघरमा बस्ने गरेका थिए । यस अघि उपचारका लागि जनकपुर क्षेत्रीय अस्पतालको भ्रमण उनको अहिले दैनिकी बन्ने गरेको थियो । पुरानै स्थितिमा फर्कनका लागि कुन्दनलाई किड्नी डोनरको आवश्यकता रहेको थियो जसको अभावमा उनको मृत्यु हुन पुग्यो ।

कुन्दनले २०१८ मा प्रधानमन्त्री कपमा जनकपुरबाट खेलेका थिए । उनी ओपनिङ ब्याट्स्म्यान हुन् । उनको उपचारका लागि बिभिन्न अभियन्ताहरुले कोष समेत स्थापना गरेका थिए ।

Click to comment

Trending