Headline

बार्साले बजाउन थालेको खतराको घण्टी

Published

on

एट्लेटिको म्याड्रिड आफ्नो पछिल्लो खेलमा पराजित भयो । रियल म्याड्रिड शनिबारको खेलमा ओसासुनासँग गोलरहित बराबरीमा रोकियो । र, बार्सिलोना लगातार आठौं खेलमा अपराजित रहने क्रममा ग्रानडालाई ४–० को फराकिलो अन्तरले पराजित गर्न सफल रह्यो ।

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले क्लब छोड्ने अध्यायले प्रभावित गर्दा सिजनको शुरुवात जस्तो सुकै भएपनि, लुईस सुवारेज, इभान राकिटिच र आर्टुरो भिडालको बहिगर्मनले टिमकै प्रदर्शनमा प्रभाव पारेपनि स्पेनिस ला लिगा फेरि एक पटक बार्सिलोनाकै वरिपरि घुम्न थालिकसेको छ ।

शनिबार एट्लेटिकोको एथ्लेटिक बिल्बाओबिरुद्धको खेल स्थगित हुँदा हालको ला लिगा लिडरको हातमा तीन खेल बाकी रहेपनि बार्सिलोनाले फेरि शिर्ष तीनमा डेरा जमाउन थालिसकेको छ । उसका लागि मेस्सीले गोल गर्न थालेका छन्, एन्टोइन ग्रिजमानले गोल गर्न थालेका छन् र सिँगै टोलीले पहिलो जस्तै फराकिलो जित निकाल्न थालिसकेको छ ।

बार्सिलोना, बार्सिलोनाकै रुपमा ला लिगामा उपस्थित भइसकेको छ । समान १८ खेल खेलेको बार्सिलोना ३४ अंकसाथ परस्पर प्रतिद्वन्दी रियल म्याड्रिडभन्दा मात्रै तीन अंकले तेश्रो स्थानमा रहेको छ । अब एक नतिजाको हेरेफेरले पनि बार्सिलोना रियललाई पछाडी पार्दै दोश्रो स्थानमा उक्लन सक्नेछ ।

सिजनको शुरुवातमा उत्कृष्ट लयमा देखिन थालेको एट्लेटिकोले ७ अंक गुमाइसकेको छ । तीन खेल हातमा रहेपनि मात्र चार अंकको अग्रता बनाएको एट्लेटिकोलाई अब अन्य क्लबहरुले पनि भेट्टाउन सक्ने स्थिति आइसकेको छ ।

समग्रमा ला लिगा एक पटक फेरि रियल म्याड्रिड र बार्सिलोनाको नियन्त्रणमा आइसकेको छ । शनिबारको खेलमा बार्सिलोनाले घरेलु टोली ग्रानडालाई पुर्ण रुपले आफ्नो नियन्त्रणमा राख्यो । उसका लागि एन्टोइन ग्रिजमनले १२ औं मिनेटमै अग्रता दिलाए ।

त्यसपछि पालो मेस्सीको थियो । उनले सात मिनेटको अन्तरमा दुई गोल गर्दा बार्साले पहिलो हाफमै ३–० को अग्रता लियो । ६३ औं मिनेटमा ग्रिजमनले फेरि अर्को गोल गर्दा ग्रानडाको लागि पुनरागमनको सबै ढोका बन्द भयो । परिणामको प्रकृति भन्दा पनि यो खेलको प्रकृति थियो जसलाई प्रशिक्षक रोनाल्ड कोमनले चाहेका थिए ।

उनी प्रशिक्षक हुनुअघि देखेको बार्सिलोनालाई कोमनले अहिले डगआउटबाट हेर्न पाएका छन् । बार्सिलोनाले टिममाथि राख्ने गरेको दवाब शायद कोमनले पहिलो पटक आफू प्रशिक्षक रहदा महसुस गर्न पाएका छन् । र सबैभन्दा महत्वपूर्ण उनको लागि मेस्सीको उत्कृष्टताको पुनरागमन रहनेछ ।

महत्वपूर्ण के पनि छ भने शनिबार बार्साले पराजित गरेको टोली रेलिगेसन जोनका होइनन् । यो त त्यस्तो ग्रानडा टोली हो जो सातौं स्थानमा छ र च्याम्पियन्स लिगको लागि दावेदारी गर्न कसरत गरिरहेको छ । यो सिजनको उपाधिको दाबेदारी गर्दै आएका अन्य टोलीका लागि सबैभन्दा ठूलो खतराको संकेत बार्साले लगातार हात पारेको चार अवे जित पनि हो ।

Click to comment

Trending