Headline

युरोपियन राउण्ड-अप: रियल म्याड्रिड बराबरीमा,साल्काको सिजनकै पहिलो जित, मिलानको लय कायमै

Published

on

स्पेन

ओसासुनासँग गोलरहित बराबरीमा रोकिए पछी रियल म्याड्रिडले ला लिगाको शिर्ष स्थानमा रहने मौका गुमाएको छ । ओसासुनासँगको अवे खेलमा म्याड्रिडको आक्रमण निकै फितलो देखिएको थियो । रियल म्याड्रिडको रक्षापंङ्तीलाई निकै दु:ख दिएको ओसासुनाको आक्रमणले गोल गर्ने निकै राम्राा मौकाहरु पनि गुमाएको थियो ।

खेलको १६ औँ मिनेटमा रुवेन गार्सियाले गोल गर्ने सुवर्ण अवसर खेर फाल्दा ओसासुनाले अग्रता लिनबाट चुकेको थियो । ३० औँ मिनेटमा फेरी ओइरको हेडरलाई म्याड्रिडका गोलरक्षक थिबोउ कोर्टुवाले बचाउ गरेका थिए । दोस्रो हाफमा पनि निकै प्रतिस्पर्धात्मक खेल खेलेको ओसासुनाले रियल म्याड्रिडलाई बराबरीमा रोक्न सफल भएको थियो ।

यस्तै अर्को खेलमा भने बार्सिलोनाले ग्रानडामाथि ४–० को ठुलो अन्तरको जित निकालेको छ । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनले दुई-दुई गोल गरेका थिए ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाले शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडसँगको अंक दुरी कम कम गरेको छ । तीन खेल कम खेलेको एट्लेटिकोको ३८ तथा बराबरीमा रोकिएको रियलको ३७ अंक छ ।

जर्मनी

बुन्डेसलिगामा भने शनिबार निकै रोमान्चक खेल भएका थिए । जर्मन फुटबलमा एक ईतिहास बोकेको क्लब साल्का ०४ ले करब ३० लिग खेल पछी आफ्नो पहिलो जित निकालेको छ । साल्काले कारीब ३५४ दिन पछी आफ्नो पहिलो जित निकाल्ने क्रममा होफेइनहामलाई ४-० ले हराएको थियो । साल्काको जितको अमेरिकन युवा खेलाडी म्याथेउ होपले ह्याट्रिक गरेका थिए भने एक गोल एमिन हरिटले एक गोल गरेका थिए ।

यस्तै अर्को खेलमा भने बोरुसिया डर्ट्मण्डले आरबी लाइपजिगलाई ३-१ ले हराएको छ । डर्ट्मण्डका दुई गोल एर्लिङ हालांडले गरेका थिए भने एक गोल जेडन सान्चोले गरेका थिए ।

जितसँगै डर्टमण्डको २८ अंक छ भने पराजित भएको लापजिगले ३१ अंकमा यथावत रहनु पारेसँगै शीर्षस्थानमा उक्लने अवसर गुमायो । शीर्षस्थानको बायर्न म्युनिखको ३३ अंक छ ।

इटाली

सेरी आ मा भने टोरिनोलाई २-० ले हराउदै एसी मिलानले शिर्ष स्थानमा चार अंकको अग्रता लिएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा मिलानका लागि राफेल लियो र फ्रान्क केस्सीले गोल गरेका थिए । पहिलो हाफमा गरेको दुई गोल निर्णायक बन्न पुग्दा मिलानले शिर्ष स्थानमा रहदै चार अंकको अग्रता बनाएको हो ।

एक खेल कम खेलेको इन्टर मिलनको ३६ अंक छ भने एसी मिलान १७ खेलबाट ४० अंक पुगेको छ । पराजित टोरिनो १२ अंकसहित १९ औँ स्थानमा रहेको छ ।

Click to comment

Trending