अन्तर्राष्ट्रिय

कोरोनाका कारण युएई र आयरल्याण्ड बीचको दोश्रो एकदिवसीय खेल स्थगित 

Published

on

युएईका एक जना खेलाडीमा कोरोना संक्रमण देखिए पछि घरेलु टोली र आयरल्याण्ड बीचको दोश्रो एकदिवसीय खेल स्थगित गरिएको छ । आज हुने खेल युएईका ओपनर ब्याट्सम्यान आलिशान शारफुलाई कोरोना संक्रमण भए पछि खेल स्थगित गरिएको एमिरेट्स क्रिकेट बोर्डले जनाएको हो ।

यस अघि युएईका चिराग सुरी र आर्यन लाक्रालाई पनि कोरोना देखिए पछि उनीहरु अहिले आइसोलेसनमा रहेका छन् । हिजो गरिएको पिसीआर परिक्षणमा १७ बर्षिय आलिशानलाई कोरोना देखिएको हो । उनलाई पनि तत्कालै आइसोलेसनमा राखिएको पनि बोर्डले जनाएको छ ।

दोश्रो खेल स्थगित भए पनि दुबै बोर्डको सल्लाहमा नयाँ मिति तय गरिएको छ । अब दोश्रो खेल जनावरी १२ मा हुनेछ भने तेश्रो र चौथों खेल १४ र १६ तारिखमा आयोजना गरिने भएको छ ।

हिजो नै आयरल्याण्डका खेलाडीमा गरिएको पिसीआर परिक्षणमा सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको छ ।

चार खेलको शृंखलामा युएई १-० ले अघि रहेको छ । चन्दनगयोपियल रिजवान र मुहम्मद उस्मानले शतक प्रहार गरे पछि घरेलु टोली युएईले शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा आयरल्याण्ड माथि छ विकेटको रोमान्चक जित हात पारेको थियो ।

Click to comment

Trending