Headline

किरणको पहिलो खेलमै क्लिनशिट

Published

on

शनिबार देखी सुरु भएको भारतीय शिर्ष डिभिजनको हिरो आइ-लिगमा नेपाली गोलरक्षक किरण चेमजोङ्गको टोली राउन्डग्लास पन्जाबले आजवाल फुटबल क्लबलाई १-० ले हराएको छ । पन्जाबले १-० को जित हात पारे पछी किरणले आफ्नो पहिलो खेलमै क्लिनशिट राख्न सफल भए ।

आजवालले गरेको ११ सटमा ४ सट तार्गेटमा रहेको थियो भने त्यी सबै सटलाई किरणले बिना कुनै झनझट बचाए  । ८ औँ मिनेटमा कर्नरबाट आएको बललाई किरणले पन्च गर्दै जोगाएका थिए । ११ औँ मिनेटमा भने आजवाल एफसिका वान्जाओले दिएको पासलाई प्रीन्सविलले ब्याकहिल गरे पनि पन्जाबका सौरभ भनवालाले राम्रो डिफेन्स गर्दै गोल हुनबाट जोगाएका थिए ।

१७ औँ मिनेटमा भने पन्जाबले खेलमा अग्रता लिएको थियो । पन्जाबका लागि प्रीतम सिघंले गोल गरेका थिए । उनले डिबक्स बाहिरबाट गरेको हाफ भलीले जाली चुमेपछि पन्जाबले पहिलो हाफमै आग्रता लिन सफल भएको थियो । पहिलो हाफमा किरणको टोलीले कुनै ठुलो आक्रमणको सामना गर्नु परेको थिएन ।

दोस्रो हाफमा भने पन्जाबलाई केही दवाब परेको थियो । आजवाल फुटबल क्लबका लागि ६७ औँ मिनेटमा प्रिसविलले गरेको प्रहर आकासियो जसले गर्दा उसले बराबरी गर्ने धेरै अवसरहरु गुमाएका थिए । पन्जाबका लागि पनि दोस्रो हाफमा चेन्चो ग्याल्सियनले राम्रो मुभहरु बनाए पनि गोलमा भने पारीणत गर्न नसक्दा दोस्रो गोलको गर्न चुकेको थियो ।

आजवालले ९० मिनेट पछी थपिएको छ मिनेटको इन्जुरी समयमा दुई मौकाहरु निकै राम्रो पाए पनि नेपाली गोलरक्षक किरणलाई बिट गर्न नसक्दा हार बेहोर्न पुगेको थियो ।

यस्तै आजै भएको पहिलो खेलमा भने मोहमदेन स्पोर्टइङले सुदेवा दिल्ली फुटबल क्लबलाई १-० ले हराएको छ ।

Click to comment

Trending