Headline

सुरेश र अनिशाले जिते क्रस डुवाथ्लनको पहिलो सिरिज

Published

on

सुरेश भुजेल र अनिशा गुरुङ्गले कोभिड–१९ महामारीपछि भएको पहिलो क्रस डुवाथ्लन सिरिज जितेका छन् ।

नेपाल ट्रायाथ्लन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा शनिबार नेपालको सवैभन्दा पुरानो शहरमध्येको एक टोखामा भएको सिरिजको पहिलो प्रतिस्पर्धामा ३५ः४० मिनटका साथ सुरेश र ४३ः५४ मिनटका साथ अनिशा पहिलो भएका हुन् ।

नेपालका पहिलो म्याराथन धावक गजराज जोशिको नामले समेत परिचित टोखामा भएको सिरिजका बिजयी पुरुष खेलाडीले जिम्बु थकालीको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग तथा महिला बिजयी खेलाडीले काठमाण्डौ गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरे ।

टोखा शहरको गणेशस्थान देखि चण्डेश्वरी सम्म २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौडको क्रस डुवाथ्लनका बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष दीपक राज जोशीले पुरस्कार तथा प्रमाण पत्र बितरण गरे ।

सिरिजमा पुरुष तर्फ प्रेम सिंह मोया ३७ः०८ मिनट समयका साथ दोश्रो र आईतसिंह तामाङ्ग ३७ः१३ मिनटका साथ तेश्रो भए । यस्तै महिला तर्फ ४८ः४३ समयका साथ सुधा राई र ५२ः३४ मिनटका साथ युश्का महर्जन दोश्रो र तेश्रो भए ।

प्रत्येक दुई दुई हप्ता चार महिना सम्म आयोजना हुने सिरिजको दोश्रो संस्करण माघ १० गते किर्तिपुरमा आयोजना हुने छ ।

ट्रायाथ्लन संघ र जम्प नेशनवीच सम्झौता

नेपाल ट्रायाथ्लन संघ र जम्प नेशनबीच सहकार्य गर्ने सम्झौता भएको छ । पहिलो चरणमा एक बर्षको लागि भएको सम्झौतामा संघले आयोजना गरेको सिरिज र अन्य च्याम्पियनसिप तथा प्रतियोगिताहरुमा ईभेन्ट म्यानेजमेन्ट सम्वन्धि सम्पूर्ण कार्य जम्प नेशनले गर्ने गरि सम्झौता भएको हो ।

आज एक कार्यक्रमबीच संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र जम्प नेशनका प्रतिनिधी आशिष कुलले सम्झौता पत्र आदान प्रदान गरे । जम्प नेशन शारिरीक, मानसिक, भावनात्मक र आत्मियताका साथ स्वस्थ समूदाय निर्माण गर्ने उद्धेश्यका साथ स्थापित संस्था हो ।

Click to comment

Trending