अन्तर्राष्ट्रिय

अष्ट्रेलियालाई फराकिलो अग्रता

Published

on

घरेलु टोली अष्ट्रेलियाले भारत विरुद्धको तेश्रो टेस्टको पहिलो पारीमा ९४ रनको फराकिलो अग्रता लिन सफल भएको छ ।

अष्ट्रेलियाले पहिलो पारीमा बनाएको ३३८ रन पक्ष्याएको भारतलाई तेश्रो दिनको खेलमा १०० दशमलब चार ओभर खेल्दै २४४ रन म रोक्दै अष्ट्रेलियाले फराकिलो अग्रता लिएको हो ।

भारतलाई सस्तोमा नै रोक्ने क्रममा प्याट कमिन्सले सर्वाधिक चार तथा जश हेजलउडले दुई विकेट हात पारे ।

भारतको तर्फबाट ओपनर शुबमन गिल र चेतेश्वर पुजाराले समान ५०-५० रन बनाए । त्यस्तै रिशब पन्तले ३६, रोहित शर्माले २६,अजिंक्य रहानेले २८ रन बनाए भने रविन्द्र जडेजा २८ रनमा अविजित रहे ।

दुई विकेटको नोक्सानीमा ९६ रनको स्थितिबाट तेश्रो दिनको खेल सुरु गरेको भारतले १४८ रन जोड्दा बाँकी आठ विकेट पनि गुमाउन पुग्यो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा १०५ दशमलब चार ओभर खेल्दै ३३८ रन बनाउँदा आफ्नो सबै विकेट गुमायो भने जवाफी ब्याटिङ गरेको भारतले दोश्रो दिनको खेलको समाप्तीमा ४५ ओभर खेल्दै दुई विकेटको नोक्सानीमा ९६ रन बनाएको छ र अष्ट्रेलिया भन्दा २४२ रनले पछि रहेको छ ।

अष्ट्रेलियाको तर्फबाट स्मिथले सर्वाधिक १३१ रन बनाए । २२६ बलको सामना गरेका उनले १६ चौका प्रहार गरे । यस अघिका चार पारीमा मात्र १० रन बनाएका स्मिथको यो २७ औं टेस्ट शतक हो ।

अष्ट्रेलियाको लागि स्मिथ बाहेक शतक बनाउन चुकेका मार्नस लाबुसेनले ९१, विल पुकोव्सकीले ६२ तथा मिचेल स्टार्कले २४ रनको योगदान दिए । त्यस्तै अष्ट्रेलियाका अन्य ब्याट्सम्यानहरुमा डेभिड वार्नर पाँच, म्याथ्यु वेड १३, कप्तान टिम पेन एक तथा क्यामरुन ग्रिन, प्याट कमिन्स र न्याथन लायन शुन्य रनमा पेभेलियन फर्किए ।

भारतका रविन्द्र जडेजाले १८ ओभरमा ६२ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने जस्प्रित बुम्रा र टेस्टमा डेब्यु गरेका नवदिप साइनीले समान २-२ विकेट हात पारे ।

Click to comment

Trending