Headline

च्याम्पियन बायर्नको सिजनको दोश्रो हार

Published

on

बायर्न म्युनिखको डिफेन्सिभ कमजोरीको फाइदा उठाउदै बोरुसिया मोएनचेनग्लाडब्याचले बुन्डेसलिग डिफेन्डिङ्ग च्याम्पियनमाथि ३–२ को पनरागमन जित हात पारेको छ ।

जारी सिजनमा बायर्नको यो दोश्रो हार हो । तीन बराबरी पनि गरेको बायर्न १५ खेलबाट ३३ अंकसहित शिर्षस्थानमा रहेको छ । आरबी लाइपजिग ३१ अंक साथ दोश्रो, बायर लेभरकुसन २८ अंकसाथ तेश्रो र बोरुसिया डर्टमण्ड २५ अंकसाथ चौथोमा रहेको छ । ग्लाडब्याच २४ अंकसहित सातौं स्थानमा छ ।

अवे खेलमा बायर्नले २६ मिनेटमै २–० को अग्रता बनाएको थियो । २० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरे भने अर्को गोल लियो ग्रोएज्काले गरेका थिए । योनास हफम्यानले त्यसपछि दुई र ४९ औं मिनेटमा फ्लोरियन नुहउसले अर्को गोल गर्दै जित दिलाएका थिए ।

“ग्लाडबाचले हामीले गरेका तीन वटा गल्तीमै फाइदा उठाउदै हामीलाई सजाय दिए,” बायर्न प्रशिक्षक ह्यान्सी फ्लिकले भने ।

Click to comment

Trending