अन्तर्राष्ट्रिय

रिजवान र उस्मानको शतकमा आयरल्याण्ड माथि युएईको रोमान्चक जित

Published

on

चन्दनगयोपियल रिजवान र मुहम्मद उस्मानले शतक प्रहार गरे पछि घरेलु टोली युएईले आयरल्याण्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा छ विकेटको रोमान्चक जित हात पारेका छ । यससँगै युएईले चार खेलको शृंखलामा १-० को अग्रता लिन सफल भएको छ ।

आयरल्याण्ड जितका लागि दिएको २७० रनको लक्ष्य युएईले छ बल अगावै चार विकेट गुमाएर जित हात पार्यो ।

युएईको जितमा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका रिजवान र पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका उस्मानले क्रमश १३६ बलमा १०९ तथा १०७ बलमा अविजित १०२ रनको पारी खेले । ५१ रनमा तीन विकेट गुमाएको युएईको लागि दुई मिलेर चौथों विकेटका लागि १८४ रनको साझेदारी गर्दै जितको आधार तय गरे ।

आयरल्याण्डका बेरी म्याकक्यार्थी र कर्टिस क्यामफरले समान २-२ विकेट हात पारे ।

यस अघि ओपनर पौल स्टिर्लिंङले शतकिय पारी खेल्दा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले पुरै ५० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २६९ रन बनायो ।

१४८ बलको सामना गरेका स्टिर्लिङले नौं चौका र चार छक्का प्रहार गरे । त्यस बाहेक कप्तान एण्डी बलबिर्निएले पनि ६१ बलमा ५३ तथा अर्का ओपनर केभिन ओब्रायनले २३ तथा कर्टिस क्यामफरले पनि २४ रनको योगदान दिए ।

युएईका रोहन मुस्तफाले सर्वाधिक दुई विकेट हात पारे ।

Click to comment

Trending