Headline

आजबाट शुरु हुँदै आइ लिग । के छ नेपालका किरण र अभिषेकको सम्भावना ?

Published

on

भारतीय फुटबलको प्रथम श्रेणीको फुटबल हिरो आइ-लिग शनिबारबाट कोलकातामा शुरु हुँदै छ । १४ औँ संस्करणको आइ-लिग कोरोना भाईरसका कारण केही महिना रोकिन पुगेको थियो । लामो समय रोकिए पछि सुचारु हुन लागेको यो सिजनको आइ-लिग कोलकाता शहरको मात्रै चार रङ्गशालामा खेलाइने छ ।

अघिल्लो सिजन कोरोना भाईरसका कारण बिचैमा लिग रोकिए पछि मोहन बगानलाई पहिलो स्थानमा रहेका कारण २०१९-२०२० को आइ-लिग च्याम्पियन घोषणा गरिएको थियो । अल इन्डिया फुटबल फेडेरेसन  (एआइएफएफ) ले गर्ने आइ-लिग च्याम्पियन भए पनि मोहन बगान भने हिरो इन्डियन सुपर लिग खेल्ने क्लब एट्लेटिको डि कोलकत्तासँग गाभिएको थियो ।

आइ लिगको पहिलो खेलमा सुदेवा दिल्ली फुटबल क्लबले मोहम्मदन स्पोर्टिंग क्लबसँग प्रतिस्पर्धा गर्ने छ । नेपालबाट दुई फुटबलर आई लिगमा रहेपनि एक खेलाडीको प्रतियोगितामा खेल्ने सम्भावना निकै न्यून रहेको छ ।

नेपाली फुटबलर अभिषेक रिजाललाई मोहम्मदनले लिए पनि आइ-लिगका लागि पठाएको खेलाडीहरुको नाममा उनको नाम समावेस गरिएको छैन । बिदेशी खेलाडीहरुको कोटा पुरा भएको र दक्षिण एसियाली खेलाडीको कोटामा पनि मोहम्मदनले बङ्गलादेशी टोलीका कप्तान जमाल भुयाँनलाई भित्र्याए पछि अभिषेकको आइ-लिग खेल्ने सम्भावना न्युन रहेको हो ।

यो खेल विवेकानन्द युवा भारती किरङ्गनमा नेपाली समय अनुसार २:१५ बजे सुरु हुने छ ।

यस्तै नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण कुमार लिम्बु समावेस टोली राउन्ड ग्लास पन्जाब एफसीले दोस्रो खेलमा आजवाल एफसीसँग खेल्दै छ ।

पन्जाबका लागि तेस्रो सिजन खेल्ने तयारीमा रहेका किरण पहिलो रोजाइका गोलरक्षक हुन् । पन्जाबले २०१८ को आइ-लिगको उपाधि उचाल्दा मुख्य गोलरक्षकको भूमिका निभाएका किरणलाई यो सिजन पनि पन्जाबले नयाँ सम्झौताका साथ बोलाएको थियो ।

पन्जाब यो पटक आइ लिगको उपाधि दावेदार समेत हो । पन्जाबका भुटानका कप्तान चेन्चो ग्याल्त्सेन पनि रहेका छन् भने भारतीय फुटबल टोलीका मुख्य खेलाडीहरु पनि छन् ।

यो खेल नेपाली समय अनुसार ४:१५ मा कल्याणी रङ्गशालामा खेलाइने छ ।

Click to comment

Trending