राष्ट्रिय

स्पोर्टस अवार्डलाई केल्मीको साथ  

Published

on

१७ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड २०७६ का लागि केल्मी नेपालसँग प्रायोजन सम्झौता गरेको छ । आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले शुक्रबार केल्मीसँग अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेबीच प्रायोजन.सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अवार्डको सह–प्रायोजकको रुपमा केल्मी नेपालले सात लाख ५० हजार रुपैयाँ बराबरको सामान प्रदान गर्ने छ । केल्मीले मञ्चलाई  एक सय थान विन ज्याकेट, एक सय थान पोलो टी–सर्ट र ३५ (पैतिस) सेट गिफ्ट ह्याम्परमा कार्यक्रमको लोगो प्रिन्टसहित उपलब्ध गराउने छ ।

\सम्झौता पत्रमा हस्ताक्षर गर्दै केल्मीका प्रबन्ध निर्देशक न्यौपानेले कोभिडको कठिन अवस्थामा अवार्ड कार्यक्रमलाई सहयोग गर्न पाउादा खुसी लागेको बताए । उनले साग खेलकुदमा खेलाडीले प्राप्त गरेको गौरवमय उपलब्धिलाई सम्मान गर्न समेत अवार्ड कार्यक्रमसंग जोडिएको उल्लेख गरे ।

मञ्चका अध्यक्ष सुबेदीले बिषम परिस्थितीमा समेत केल्मी नेपालले अवार्डको प्रायोजन रकममा वृद्धि गरेकोमा धन्यवाद दिए ।

घरेलु खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड यस वर्ष पुस २८ गते सेमिभर्चुअल रुपमा आयोजना हुदैछ ।

मञ्चले यस अघि नै पाँच विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । हरेक विधामा ५–५ जना मनोनयनमा परेका छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ परेका छन् । पिपल्स च्वाइसको भोटिङका लागि ई–सेवासाग पनि सम्झौता भइसकेको छ ।

त्यस्तै वर्षका पुरुष खेलाडीको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ छन् । वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका हुन् ।

त्यस्तै, वर्षका युवा खेलाडीको मनोनयनमा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ छन् । यस्तै, वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् ।

Click to comment

Trending