राष्ट्रिय

प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक

Published

on

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ दुई गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगिता सात प्रदेश र तीन विभागीय टोली गरेर कुल १० टोलीको सहभागिता रहने छ । १० टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ ।

समुह ए मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् भने समुह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदुर पश्चिम प्रदेश रहेका छन् ।

पहिलो दिनको खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्नेछन् । पहिलो र दोश्रो दिनको खेल टियु क्रिकेट मैदानमा मात्र खेलाइने छ भने त्यस पछिका समुह चरणका खेलहरु टियु र मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।

समुह चरणमा पहिलो र दोश्रो स्थान हात पार्ने टोलीले सेमीफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल खेल माघ १७ गते खेलाइने छ ।

Click to comment

Trending