Headline

म्यानचेस्टर युनाइटेडले भित्र्यायो ३७ मिलियनमा युवा स्टार डिएल्लो

Published

on

पासपोर्ट र भिसाको सबै कागजपत्र मिले पछि म्यानचेस्टर युनाइटेडले एट्लान्टाका एमाड डिएल्लोलाई क्लब भित्र्याएको छ ।

युनाइटेडले डिएल्लोलाई ३७ मिलियन पाउन्डमा क्लब भित्र्याएको हो भने यो रकम बोनस समेत जोडेर ५० मिलियन पाउन्ड सम्म पनि पुग्न सक्ने छ । विङर र मिड्फिल्डरको भूमिकामा खेल्न सक्ने डिएलोलाई युनाइटेडले गएको समर विन्डोमै किनेको थियो तर १८ बर्षिय डिएल्लोको कागजपत्र र श्रमस्वीकृतको काम नमिले पछि उनलाई ६ महिना एट्लान्टामै लोनमा राखिएको थियो ।

इङ्लिश फुटबलको निकाय फुटबल एसोसिएसनले डिएल्लोको ट्रान्स्फरलाई जनवरी एक अगवै दर्ता गरेको थियो । उनी संयुक्त राज्यका बिक्सिट नियम आए पछि नयाँ एफए नियम अन्तर्गत दर्ता भएका पहिलो खेलाडी बनेकाछन् ।

उनको सबै कागज पत्र मिले पछि उनले बिहीवार आफ्नो भिसा पाए लगतै इटालीको राजधानी रोमका लागि उडेका थिए । उनी त्यहाबाटै म्यानचेस्टर प्रस्थान गर्ने छन् ।

१८ वर्षिय डिएल्लोलाई ‘वन्डर किड’ को उपनाम दीएको छ । एट्लान्टाको पहिलो टोलीबाटै डेब्यु गरिसकेका डिएल्लोले युनाइटेडसँग २०२५ सम्म सम्झौता गरेका छन् ।

डिएल्लोको बारेमा युनाइटेडका प्रशिक्षक ओले गुन्नर सोल्सायरले उनी निकै राम्रा युवा खेलाडी भएको पनि बताएका थिए । “एक क्लबको रूपमा हामीले धेरै वर्षदेखि एमाडलाई पछ्याइरहेका थियौँ र उसलाई मैले आँफैले हेरेको छु , म विश्वास गर्दछु कि उनी खेलमा सबैभन्दा रोमाञ्चक युवा सम्भावितहरू मध्ये एक हो।” सोल्सायरले भने ।

Click to comment

Trending