Headline

युरोपियन राउण्ड अप: युभेन्टससँगको हार पछि सकियो एसी मिलनको अपराजित यात्रा, बार्सिलोना लय समाउदै

Published

on

इटाली

साविक सिरी आ च्याम्पियन युभेन्टसले लगतार अपराजित रहदै आएको एसी मिलानलाई ३-१ ले हराउदै सिजनको पहिलो हार चखाएको छ ।

युभेन्टसको जितमा फेडेरिको किएजाले दुई गोल गरेका थिए भने एक गोल अमेरिकी मिड्फिल्डर वेस्टन म्याकिन्नीले गरेको थियो । मिलानका लागि डेविड कालाब्रियाले एक गोल गरेका थिए ।

युभेन्टसका लागि उत्कृष्ट प्रदर्शन गरेका किएजाले खेलको १८ औँ मिनेटमा युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले पाउलो डिबालाको पासमा गोल गरेका थिए । उनले युभेन्टसका लागि निकै मौकाहरु बनाएका पनि थिए । तर पहिलो हाफको ४१ औँ मिनेटमा भने मिलानले बराबरी गोल फर्काएको थियो । काउन्टर अट्याकमा डेविड कालाब्रियाले बराबरी गोल गर्दै मिलानले पहिलो हाफ १-१ को बराबरीमा सक्काएको थियो ।

दोस्रो हाफमा भने युभेन्टसले दुई गोल थपेको थियो । ६२ औँ मिनेटमा किएजाले फेरी गोल गर्दै युभेन्टसलाई पुन: अग्रता दिलाएको थियो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । ७६ औँ मिनेटमा भने युभेन्टसले तेस्रो गोल गरेको थियो । युभेन्टसका लागि डेजान कुलुसेभ्सकीको पासमा म्याकिन्नीले गोल गर्दै जित दिलाएका थिए ।

मिलानको १६ खेलमा ३७ अंक रहेको छ भने इन्टर मिलानको १६ खेलमा ३६ अंक रहेको छ । एएस रोमा १६ खेलमा ३३ अंकसहित तेस्रो तथा युभेन्टस १५ खेलमा ३० अंकसहित चौथो स्थानमा रहेको छ ।

स्पेन

स्पेनिस ला लिगामा लगतार दोस्रो जित निकाल्दै बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । वुधबार भएको खेलमा एथ्लेटिक बिल्बाओलाई ३-२ ले हराउदै बार्सिलोनाले लगतार पाँच खेलमा अपराजित यात्रा कायम राखेको छ ।

खेलको तेस्रो मिनेटमा नै राहुल गार्सियाको पासमा इनाकी विलियम्सको गोलबाट एथ्लेटिकले अग्रता लिएको थियो । तर १४ औँ मिनेटमा बार्सिलोनाका लागि पेड्रीले फ्रान्की डि यङको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

३८ औँ मिनेटमा भने कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को स्थितीमा पुराएका थिए । बार्सिलोनाका लागि तेस्रो गोल भने ६२ औँ मिनेटमा मेस्सीले नै गरेका थिए । मेस्सीले एन्टोइन ग्रिजमनको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

खेलको ९० औँ मिनेटमा एथ्लेटिकका लागि इकर मुनिएइनले गोल गरे पनि घरेलु टोलीलाई जिताउन सकेकनन् । जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा ३८ अंकका साथ एट्लेटिको म्याड्रिड रहेको छ भने दोस्रो स्थानमा ३६ अंकका साथ
रियल म्याड्रिड रहेको छ ।

Click to comment

Trending