Headline

युनाइटेडलाई हराउदै सिटी लिग कपको फाइनलमा

Published

on

दोस्रो हाफमा जोन स्टोन्स र फर्नाडिन्होलेले एक-एक गोल गरे पछि म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराउदै ईंग्लिस लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

ओल्डट्राफोर्डमा बुधबार राति भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफमा दुवै टोलीले गोलको मौकाहरु बनाए पनि धेरै गोलहरु अफसाइड दीइएको थियो । पहिलो हाफको तेस्रो मिनेटमै रुबेन डाएसले आफ्नै पोस्टमा गोल गरे पनि युनाइटेडका मर्कस रासफोर्ड अफसाइड बस्न पुग्दा गोललाई मनायता दीइएको थिएन ।

दोस्रो हाफमा भने सिटीले एक गोलको अग्रता लिएको थियो । ५० औँ मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । फिल फोडेनको क्रसमा स्टोन्सले गोल गरेका थिए थिए । ७२ औँ मिनेटमा भने युनाइटेडले गोल गर्ने अग्रता चुकाउन पुग्यो । पल पोग्वाले गरेको प्रहार बाहिरिदा युनाइटेड बराबरी गोल गर्न चुकेको थियो । ८३ औँ मिनेटमा फर्नाडिन्होले गोल गर्दै सिटीको अग्रता दोब्बर परेका थिए । कर्नरबाट आएको बललाई युनाइटेडका डिफेन्डरले क्लियर गरे पनि डिबक्स बहिरबाट फर्नाडिन्होले गरेको प्रहार गोल भएको थियो ।

अब सिटीले उपाधिका लागि वेम्बलीमा २५ अप्रिलमा टोटेनहम हट्स्परसँग प्रतिस्पर्धा गर्नेछ

Click to comment

Trending