Headline

भारत र अष्ट्रेलिया बीचको तेश्रो टेस्ट भोलीबाट, साइनीले डेब्यु गर्ने 

Published

on

घरेलु टोली भारत र अष्ट्रेलिया बीचको तेश्रो टेस्ट भोलीबाट सिड्नीमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ५:१५ बजे सुरु हुँदैछ ।

चार खेलको टेस्ट शृंखला १-१ को स्थितीमा रहेको छ । पहिलो टेस्ट अष्ट्रेलिया आठ विकेटले जितेको थियो भने दोश्रो टेस्टमा भारतले अष्ट्रेलियालाई आठ विकेटले नै पराजित गरेको थियो ।

अष्ट्रेलियासँगको पहिलो टेस्टको पहिलो पारीमा ४३ रनको अग्रता लिए पनि भारतले आठ विकेटको लज्जास्पद हारको सामना गरेको थियो ।  पहिलो पारीमा भारतले २४४ रन मात्र बनाउन सके पनि अष्ट्रेलियालाई १९१ रनमा रोक्दै ४३ रनको अग्रता लिन सफल भयो । तर भारतलाई उसको दोश्रो पारीमा मात्र ३६ रनमा अलआउट गरेको अष्ट्रेलियाले तेश्रो दिनमा नै ९० रनको लक्ष्य दुई विकेट गुमाएर पार गर्यो ।

भारतले भोलीको खेलका लागि आफ्नो सुरुवाती ११ को नाम घोषणा गरिसकेको छ । पहिलो दुई टेस्टका क्रममा क्वारेन्टिनमा बिताएका रोहित शर्मा भोलीको खेलमा ओपनिङ गर्ने भएका छन् । अघिल्ला दुई खेलमा खराब प्रदर्शन गरेका मायंक अगरवालको स्थानमा रोहितले सुरुवाती ११ मा आफ्नो स्थान पक्का गरेका हुन् ।

त्यस्तै उमेश यादव घाइते भए पछि नवदिप साइनीले पनि सुरुवाती ११ मा स्थान बनाउन सफल भएका छन् । २८ बर्षिय बलर साइनीले भोलीको खेलमा डेब्यु गर्दैछन् ।

भारतको सुरुवाती ११ – रोहित शर्मा, शुबमन गिल, चेतेश्वर पुजारा, अजिंक्य रहाने, हनुमान बिहारी, रिशब पन्त, रविन्द्र जडेजा, रविचन्द्रन अश्विन, ओहम्मद सिराज, नवदिप साइनी, जस्प्रित बुम्रा

Click to comment

Trending